सकारात्मक सन्देश दिने गीतको म्यूजिक भिडियो सार्वजनिक

-- / प्रकाशित मिति : बुधबार, पुस १३, २०७३

सुरेन फोटोग्राफी र टिमले जीबन प्रति सकारात्मक संदेश दिने र आत्महत्या समस्याको समाधान होइन भन्ने शिक्षाप्रद म्यूजिक भिडियो हालै सार्बजनिक गरेको छ । युवा बर्गलाई लक्षित गर्दै तयार गरिएको उक्त म्यूजिक भिडियो  सुरेन फोटोग्राफी र टिमको चार महिनाको अन्तरमा सार्बजनिक भएको चौथो म्यूजिक भिडियो हो । अष्ट्रेलियामा रहेर नेपाली संगितमा योगदान गर्दै आएका युवा गायक रविन अधिकारीको स्वरको यस गितलाई अर्का गयक जङ्गी निशानले साथ दिएका छन् ।

‘ झर झर वर्षात…..’ बोलको यस गीतको भिडियोले प्रेम बिछोडका घटनाहरुमा क्षणिक आवेगमा आएर आत्महत्या जस्तो कठोर निर्णय सम्म पुग्ने युबाहरु लाई आत्महत्या समस्याको समाधान होइन जीबन रहयो भने भोलि फेरी नयाँ सम्बन्ध र जीबनका नयाँ परिभाषाहरु आउने गर्छन भन्ने सकारात्मक सोच सहितको सन्देश दिएको छ ।

गयाक रबिन अधिकारी र जंगी निशान कै शब्दको यस गीतलाई सुरेन फोटोग्राफीका नामले परिचित सुरेन श्रेष्ठले निर्देशन गरेका हुन सुरजलाल जोशीले मिक्सिंग गरेका हुन् । निकिशा, बिशाल भारती, सुपर र राजकुमार लगायका नयाँ र पुराना अनुहारहरुको बिजोड अभिनय रहको यस म्युजिक भिडियोलाई टेक बयालकोटीले खिचेका हुन ।

 भिडियो हेर्नको लागि :