स्वामी आनन्द अरुण सँग अन्तरक्रिया एबं प्रबचन हुदै

-- The NTA / प्रकाशित मिति : बुधबार, पुस १३, २०७३

ओशो तपोबनका नेपालका संस्थापक स्वामी आनन्द अरुण बिभिन्न ध्यान शिबिर र प्रबचनका कार्यक्रमहरु लिएर अस्ट्रेलिया आउदै हुनु हुन्छ । यसै बिच व्यस्त समय तालिका भएकाहरुका लागि लक्षित गर्दै आउने ४ जनवरीको साँझ आचार्य स्वामी संग एक अन्तरक्रिया एबं प्रबचन कार्यक्रम राखिएको छ । ‘तनाब रहित जीबनका लागि सुत्रहरु’ (The Key to Stress Free Life  )  बिषय मा सो साँझ स्वामीले प्रबचन दिनु हुनेछ भने सहभागीहरुले स्वामी सँग अन्तरक्रिया समेत गर्न अवसर पाउनेछन । सबैको लागि खुल्ला गरिएको यस कार्यक्रममा सहभागी भइ व्यस्त जीबनशैलीका माझ पनि लाभान्वित हुन आयोजकको तर्फबाट सानु घिमिरेले सबैलाई अनुरोध गर्नु भएको छ । घिमिरेका अनुसार कार्यक्रम हल ब्यबस्थापन र शाकाहारी भोजन ब्यबस्थापनका लागि सहभागीहरु बाट २० डलर सहयोग शुल्क तोकिएको छ । कार्यक्रम Bardali Function center | Level 1, 10 McFarlane Street Merrylands 2160  मा साँझ ६ बजे बाट १० बजे सम्म हुनेछ । थप जानकारीका लागि सानु:  0424 981 983 सपना: 0421 575 877   वा सिमा 0431 116 732 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।