एनएडिएफले राष्ट्रिय मेलमिलाप दिबसको अबसरमा सबैलाई हार्दिक निमन्त्रणा- प्रदिप गिरिको बिशेष उपस्थिति रहने

-- The NTA / प्रकाशित मिति : आइतवार, पुस १७, २०७३

चालीसौ राष्ट्रिय मेलमिलाप दिबस तथा नयाँ बर्ष २०१७ को अबसर परेर नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडीएफ) ले जनवरी ७ का दिन अस्ट्रेलियामा रहनु भएका सबै नेपाली दाजु भाई दिदि बैनीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ । नेपाली कांग्रेसका नेता एबं प्रखर बक्ता प्रदिप गिरिको विशेष उपस्थिति र सम्बोधन हुने यस भेटघाट एबं चियापान कार्यक्रम एस्फिल्ड पार्कमा दिनको ११ बजे देखि ५ बजे सम्म हुदैछ।

एक दलिय पंचायती ब्यबस्थाका बिरोधमा अन्दोलत रहदाँ नेपाली कांग्रेसका नेता जननायक स्व. विश्वेश्वरप्रसाद काेइरालाकाे नेत्तृत्वमा सवर्मान्य नेता गणेशमान सिंह लगायतका नेताहरुले २०३३ सालमा जीवनकै जाेखिम माेलेर लामो भारत निर्वाशनबाट स्वदेश फिर्ता भएका थिए । एनएडिएफका सचिब इथान शाक्यका अनुसार जसरि नेपालमा सबै राजनीतिक शक्ति र नागरिक समाज मिलेर अगाडि बढे मात्र प्राप्त उपलब्धीहरु दीगाे र संथागत हुन सक्छ भन्ने कुरा घाम जस्तै छर्लंग हुदै यस दिनको महत्व दिन प्रतिदिन नेपालमा बढ्दो छ, विदेशमा पनि हामीलाई यस्तै कुनै अवसरको खाँचो थियो । जहाँ हामी हाम्रा मत भेद केहि भए पनि तिनलाई बिर्सेर वा ब्रिसने प्रण गरेर राष्ट्रिय हित र नेपालको लागि सकारात्मक सोच सहित भेटघाट गर्न सकौ । यहि प्रयास स्वरूप यो कार्यक्रमको आयोजना गरिएको शाक्यले नेपाली टाईम्स अस्ट्रेलिया सँग बताए ।  उनका अनुसार यो एकदमै खुल्ला कार्यक्रम हो, कार्यक्रममा सम्भब भए सम्म अस्ट्रेलिया भरका सबै नेपाली दाजु-भाई दिदि-बैनीहरु लाई सहभागी हुन संस्थाको तर्फबाट शाक्यले अनुरोध गरेका छन् ।

कार्यक्रम सम्बन्धि थप जानकारीका लागि इथान शाक्य- 0424 699 925,  रोहित खड्का-0452 623 500, अर्जुन के सी – 0423 304 883, रामजी बस्नेत-0434 987 994 प्रमिता शर्मा-0452 450 300  लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।