एक्सपर्ट एजुकेशन एण्ड करिअर मेला २०१७ सम्पन्न 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३
उच्च शिक्षाका लागि आफ्ना बाबु नानि पठाउन चाहने नेपाली आभिभाबक र अध्यान गर्ने बिधार्थीका लागि अस्ट्रेलिया प्रथम रोजाइ बनि रहेको बेला एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले जनवरी २४ का दिन एक दिने करिअर मेला सम्पन्न गरेको छ ।  एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको आफ्नै कार्यालयमा सम्पन्न उक्त करिअर मेलामा कलेज र युनिभर्सिटी गरि १४ वटा शैक्षिक संस्थाहरुले एकै थलो बाट इच्छुक सहभागी बिधार्थीहरु लाई बिभिन्न जानकारीहरु दिएका थिए ।
 एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका भुबन पाण्डेले दिएको जानकारी अनुसार उक्त एकदिने मेलामा प्रत्यक्ष रुपमा १८० बिधार्थीहरुले सहभागिता जनाएका थिए । त्यसै गरि सहभागीहरु ले शैक्षिक जानकारी, मईग्रेसन, प्रोफेसनल इयर, नाटी, पिटीइ र आइएलटिएस सम्बन्धि जानकारी समेत प्राप्त गरेका थिए । मेलामा केहि बिधार्थीहरुले बिभिन्न शैक्षिक संस्थाबाट स्कलरशिप समेत प्राप्त गर्न सफल भएका थिए ।
पाण्डेका अनुसार एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले बर्षेनी गर्दै आइरहेको करिअर मेलाको यो पाँचौ संस्करण  हो ।  बिधार्थीहरुले एकै ठाउँबाट  १४ भन्दा बढी शैक्षिक संस्थाहरु ले अफर गर्ने कोर्सका बारेमा जानकरी लिएर आफ्नो अनुकुल अनुसार निर्णय गर्न पाइने यो बिधार्थीको लागि ठुलो अवसर हो ।  त्यसै गरि अन्य जानकारीहरु बाट पनि धेरै धेरै भन्दा धेरै बिधार्थीहरु  लाभान्वित भएका थिए। सहभागी बिधार्थीहरु लाई सरप्राइज गिफ्टको समेत ब्यबस्था गरिएको थियो,  गिफ्ट बिजेता बिधार्थीहरु लाई छिट्टै सम्पर्क गरि गिफ्ट हस्तान्तरण गरिने पनि एक्सपर्ट एजुकेसनले जनाएको छ । ।