पूर्व अर्थमन्त्री सँग अन्तरक्रिया हुदै 

-- The NTA / प्रकाशित मिति : बुधबार, माघ १२, २०७३
प्रबासी नेपाली मन्च अष्ट्रेलियाको आयोजनामा “नेपालको बर्तमान राजनीति र परराष्ट्र सम्बन्ध” बिषयमा  एक अन्तर्कृया कार्यक्रमको आयोजना हुदैछ । अन्तरक्रिया कार्यक्रमलाई नेपाल सरकारका पूर्व अर्थमन्त्री एबम ने क पा एमालेका उपमहासचिब माननिय बिष्णु पौडेल र परराष्ट्रविद एबं  ने क पा एमालेका  केन्द्रिय सदस्य माननिय डा.  राजन भट्टराई अतिथिको रुपमा सम्बोधन गर्नु हुनेछ, नेता द्वय त्यसका लागि अस्ट्रेलिया आइ सक्नु भएको प्रबासी नेपाली मन्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले जानकारी दिएका छन्  । उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति भइ  नेता द्वयका कुरा सुन्न र आफ्ना विचार वा जिज्ञासाहरु पनि राख्न प्रबासी नेपाली मन्च अष्ट्रेलियाले सबै नेपाली दाजु भाई दिदी बैनी हरुलाई हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम निम्न मिति समय र स्थानमा हुदैछ।
मिती : २९ जनवरी २०१७
समय : दिनको २ बजे
स्थान : एभरेस्ट फङ्सन सेन्टर,  ४२२ प्रिन्सेस हाइवे ,  रकडेल
रात्रि भोज  शुल्क : $३०