ब्ल्याक टाउनमा अभिभाबक भेटघाट तथा बिदाइ कार्यक्रम हुदै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, माघ १३, २०७३
ब्ल्याकटाउन काउन्सिल र यसका आसपासका सबर्बहरु मा बस्नुहुने नेपालीहरु को निम्ती ब्ल्याक टाउन नेपालीज कम्युनिटी (BNC) ले ४ फेब्रुअरी २०१७ का दिन फ्यामली फन डे एबं भेटघाट कार्यक्रम गर्दैछ । ब्ल्याक टाउन सो ग्राउन्ड पार्क रिच्मण्ड रोडमा दिनको ३ बजेदेखी सुरु हुने सो कर्यर्कममा नेपालबाट घुम्न आउनु भएका आमाबुवा र अभिभाबकहरुको निम्ती सम्मान साथै संस्थाको तर्फबाट चिनो प्रदान गर्ने कार्यक्रम समेत रहेको संस्थाको तर्फबाट रुपक चुडालले जानकारी दिएका छन् ।  उक्त कार्यक्रममा आफु, आफ्ना आमाबुवा र आफ्ना केटाकेटी सहित उपस्थित भएर कार्यक्रममको शोभा बढाइ दिनुहुनको लागि पनि संस्थाको तर्फबाट चुडालले सबै नेपाली दाजु भाई दिदि बैनीहरु लाई अनुरोध गरेका छन् ।  थप जानकारीको लागि रुपक चुडाललाई  ०४०२ ७१६ १३६ मा वा भुवन पाण्डेलाई ०४१२ ०३५ १८७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।