वि टिमको दोश्रो साधारण सभा सम्पन्न 

-- The NTA / प्रकाशित मिति : बिहिबार, माघ १३, २०७३
बिगत छ बर्ष देखि नेपालमा गरिब तथा जेहेन्दार बिधार्थी बाबु नानीहरु लाई उनीहरु को शिक्षामा सहयोग गरिरहेको संस्था ‘वि टिम’ ले आफ्नो दोश्रो साधारण सभा गत १४ जनवरीका दिन सम्पन्न गरेको छ । साधारण सभाले रबि चन्द्र रानाभाटको अध्यक्षतामा हाल कार्यरत कार्य समितिलाई नै अर्को कार्यकालको लागि पनि निरन्तरता दिने सर्बसम्मत निर्णय गरेको छ । समितिका अन्य पदाधिकारी हरुमा  उपाध्यक्ष  अनन्त आचार्य, सचिब रमेश शर्मा, कोषाध्यक्ष – प्रेम भुषाल र सदस्यहरुमा प्रमोद धिताल, दीप्ति खड्का, धुर्ब भुर्तेल, गोपाल सुबेदी, प्रकाश मणि लामिछाने, किशोर सिग्देल र अनुप निरौला हुनुहुन्छ । साधारण सभामा पहिलो पटक टिमका सदस्यहरु लाई धन्यवाद स्वरूप प्रसंशा पत्र प्रदान पनि गरिएको थियो । धेरै भन्दा धेरै बच्चाहरु लाई सहयोगको लागि बिभिन्न माध्यम बाट संस्थालाई अनुरोध आएको र संस्थाले पनि धेरै भन्दा धेरै बच्चाहरुलाई सहयोग गर्न चाहेकोले अस्ट्रेलियामा बसोबास गर्ने इच्छुक नेपाली दाजु भाई दिदि बैनीहरु लाई संस्थाको अभियानमा साथ दिनको लागि सदस्य बन्नको लागि साधारण सभाले अनुरोध गरेको संस्थाको तर्फबाट प्रकाश लामिछानेले बताए । हाल वि टिमले  चितवन, नवलपरासी, कास्की, तनहुँ र खोटांग जिल्लाका कक्षा १ देखि १२ सम्मका १४ जना बच्चाहरु लाई  पढाइरहेको छ । संस्थामा हाल सम्म ३० जना सद्स्यहरु आबद्द छन् भने प्रत्येक सदस्यबाट १० डलर प्रति महिनाका दरले हाललाई अर्थ संकलन गरिएको छ । यसरि संकलित रकम कुनै पनि प्रशानिक या अन्य शिर्षकमा खर्च गरिदैन पुरा का पुरा रकम बच्चाहरु को शिक्षाका लागि सम्बधित स्कुल संगको सहकार्यमा हस्तान्तरण गरिने पनि लामिछानेले बताए । संस्थाको बारेमा थप जानकारीका लागि या सद्स्य बन्न चाहने महानुभाबहरुले weteamorg@gmail.com मा सम्पर्क गर्न अनुरोध गरिन्छ।