भारतमा आरक्षण आन्दोलन
भारतको उत्तरी राज्य हरियाणामा जारी जाट समुदायको आरक्षण आन्दोलनमा चर्केको हिंसामा १२ जना मारिएका छन् भने १ सय ५० जना घाइते भएका छन् । हरियाणाका प्रहरी डिजिपी वाईपी सिंघलका अनुसार हिंसा भड्काएको आरोपमा १ सय ९१ आन्दोलनकारीविरुद्ध उजुरी दर्ता गरिएको छ । भारतमा जाट समुदाय आरक्षण सुविधा माग्दै पछिल्लो समय आन्दोलनरत छ । भारतको सर्वोच्च अदालत सुप्रिम कोर्टले जाट समुदायको आरक्षणसम्बन्धी मामिलामा फैसला गर्दै आरक्षण दिन अस्वीकार गरिसकेको छ । हरियाणाका विभिन्न स्थानमा हिंसा भएको छ भने सेना परिचालन र हवाई गस्ती गरिए पनि कतिपय स्थानमा प्रहरी चौकी, कैयौं पसल र बैंकका एटिएममा आगो लगाइएको छ । दिल्ली, पन्जाब, हिमाञ्चल प्रदेश, जम्मु कास्मिर, राजस्थान र चंडिगढसहित छिमेकी राज्यसंग हरियाणाका सडक र रेल यातायात ठप्प भएको छ । आरक्षणको माग गर्दै जाट समुदायले चर्काएको आन्दोलनका कारण राजधानी दिल्लीमा पानीको समेत हाहाकार भएको छ । आन्दोलनकारीले दिल्ली ल्याउने पानीको मुहान मुनक नहर बन्द गरेपछि दिल्लीमा पानीको संटक चुलिएको भारतीय संचारमाध्यमले जनाएको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...