तयारी एसिसी इमर्जिङ नेसन्स कपको
नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसंग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप मार्चक महिनाको अन्तिम साता बंगलादेशको ढाकामा सञ्चालन हुने भएको छ ।
एसियाली क्रिकेट परिषद (एसिसी) को कार्यक्रम अनुसार उक्त प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ सम्म सञ्चालन हुनेछ । एसियाबाट टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा एसोसिएट सदस्यमध्येबाट नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), हङकङ र अफगानिस्तान गरी आठ टोलीबीच मार्च १५ देखि २६ सम्म ढाकामा प्रतियोगिता हुने यसअघि निर्णय गरिएको थियो तर सहभागी केही टोलीको सुविधाका लागि प्रतियोगिता १० दिन सारिएको बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) स्रोतले बताएको छ ।
प्रतियोगिताको मितिसंगै सहभागी संख्यामा पनि परिवर्तन भएको छ । एसोसिएटमध्ये युएई र हङकङले अन्य कार्यक्रमको व्यस्तताका कारण सहभागिता नजनाउने बताएपछि यसपालि प्रतियोगितामा ६ टोलीको मात्र सहभागिता रहने बंगलादेश क्रिकेटको स्रोतले जनाएको छ ।
प्रारम्भमा युएईमा हुने भनिए पनि बंगलादेशले आयोजनाको दावी गरेपछि एसिसीले प्रतियोगिता ढाका सारेको थियो । २०१३ मा सिंगापुरमा सम्पन्न पछिल्लो संस्करणमा भारतले पाकिस्तानलाई हराउँदै इमर्जिङ कपको उपाधि जितेको थियो ।
इमर्जिङ नेसन्स कपका कारण धनगढीमा अर्को महिना हुने तय भएको बहुप्रतीक्षित घरेलु ट्वान्टी–२० प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल) को मिति अन्योलमा परेको छ ।
नेपालमै पहिलो पटक खेलाडीको बोलकबोल (अक्सन) मार्फत बनाइएका ६ सहरका फ्रेन्चाइज टोलीबीच डिपिएल चैत ५ देखि १९ सम्म हुने तय थियो । तर एसिसीले एसियाका टेस्ट खेल्ने चार देशका युवा टोलीको समेत सहभागिता रहने गरी एसिसी इमर्जिङ नेसन्स कप त्यही समयमा जुधाएकाले डिपिएल अन्योलमा परेको हो ।
प्रतियोगितामा एसोसिएट देशका राष्ट्रिय टोलीले टेस्ट खेल्ने देशबाट आउने २३ वर्षमुनिका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । तर त्यसमा टेस्ट राष्ट्रको टोलीमा चार खेलाडी २३ वर्षमाथिको राख्न पाउने व्यवस्था छ ।
धनगढी क्रिकेट एकेडेमीले डिपिएलको मिति तय गरिसकेपछि एसिसीले इमर्जिङ कपलाई पुनर्जीवन दिने घोषणा गरेको थियो । सुरुमा हामीले डिपिएलको मिति घोषणा गर्दा इमर्जिङ कपको कुनै चर्चा थिएन । पछि एसिसीले इमर्जिङ कप गर्ने प्रस्ताव ल्यायो, इमर्जिङ कपसँग जुधे आफू प्रतियोगिता सार्न तयार रहेको बताउँदै डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले नागरिकसँग भने, ‘हामीले नाफाका लागि प्रतियोगिता गर्न लागेका होइनौं । क्रिकेटका लागि प्रतियोगिता गर्नेलाई अर्को ठूलो अवसरका लागि केही समय सार्न कुनै समस्या हुँदैन ।’
अन्र्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नेपाल प्रतिनिधिका रूपमा कार्यरत नेपाल क्रिकेट संघ (क्यान) की पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे तथा क्यानका प्रशासनिक प्रमुख छुम्बी लामाले एसिसी वा बिसिबीबाट नयाँ मितिबारे कुनै आधिकारिक जानकारी नआएको बताए । ‘एक महिनाअघि एसिसीले मलाई नेपाली टिमको कार्यक्रमबारे सोधेको थियो । मैले राष्ट्रिय टोलीका कप्तान पारस खड्का र डिसिएलका आयोजक सुवासजीसँग सोधेर नेपालमा महत्वपूर्ण घरेलु प्रतियोगिता छ भनेर जानकारी गराएको थिएँ,’ घिमिरेले भनिन्छ ‘उनीहरूले हामीजस्तै बाँकी सात देशसँग पनि सोधेका थिए । त्यसयता इमर्जिङ कपका विषयमा थप कुराकानी भएको छैन ।’
लामो समयदेखि विभिन्न विवाद झेल्दै आएको नेपाली क्रिकेटमा राखेपले गत वर्ष पुसमा चतुरबहादुर चन्द अध्यक्ष रहेको क्यानको निर्वाचित कार्यसमिति विघटन गर्दै पूर्वउपाध्यक्ष रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति बनाएपछि समस्या चुलिएको थियो । त्यसैलाई बहाना बनाउँदै विश्व क्रिकेटको सर्वोच्च नियमनकारी निकाय आइसिसीले वैशाख १३ गते नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो ।
आइसिसीले असोज १९ गते क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे र उद्योगपति वसन्त चौधरीलाई संयुक्त संयोजक तोक्दै जुनभित्रमा नयाँ विधान बनाएर ‘स्वतन्त्र’ निर्वाचन गराउने म्यान्डेटसहित खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल, क्यानका कार्यवाहक पूर्वअध्यक्ष दीपक कोइराला र राखेपका एक प्रतिनिधि रहने गरी ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो ।
नेपालको क्रिकेट प्रशासन हेर्ने निकाय क्यान निलम्बनमा परेपछि आइसिसीले घिमिरेलाई आफ्नो प्रतिनिधिका रूपमा नियुक्त गर्दै आफ्ना कर्मचारीहरू बैंकटपति राजु, अमर शेखलगायतमार्फत नेपाली क्रिकेट सञ्चालन गर्दै आएको छ । नेपालको सबै अन्र्तराष्ट्रिय सहभागिता, टिम छनोट तथा तयारीमा उनीहरूकै भूमिका निर्णायक हुने गरेको छ ।
एकदिवसीय स्वरूपमा हुने इमर्जिङ कपको पहिलो चरणमा राउन्ड रोबिन पद्धतिमा सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि नकआउट चरण गरिने भने पनि सहभागी टोली संख्या घटेपछि शीर्ष दुई टोलीबीच सोझै फाइनल खेलाउने वा शीर्ष चार टोलीलाई सेमिफाइनल लग्ने भन्ने टुंगो लाग्न बाँकी रहेको बंगलादेशी समाचार स्रोतले जनाएको छ ।
बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) निजामुद्दिन चौधरीले प्रतियोगिता १० दिनपछि सारिएको पुष्टि गरेका छन् । बंगलादेशको समाचार संस्था ढाका ट्रिब्युनले चौधरीलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार प्रतियोगिताको फाइनल हाल मर्मत भइरहेको मिरपुरस्थित शेरे बंगला राष्ट्रिय रंगशालामा हुने सम्भावना बलियो छ । बाँकी खेलको आयोजनास्थल भने टुंगो लागिसकेको छैन ।
‘हामीले बिकेएसपी, फतुलल्लाह र कक्स बजारमा अन्य खेल तथा फाइनल मिरपुरमा खेलाउने प्रारम्भिक निर्णय गरेका छौं,’ चौधरीले ढाका ट्रिब्युनसँग भनेका छन्, ‘अन्तिम निर्णय हुन बाँकी छ ।’
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...