ब्यवसायिक बन्दै नेपाली फोटोग्राफी
सन २००१ ताका नेपालबाट फोटोग्राफी र ग्राफिक डिजाईन अध्ययन गर्न आएका थिए विवेक प्रधान । आफ्नो अध्ययनको बिषय नै फोटोग्राफी र ग्राफिक डिजाईन भएका उनले तास्मानियाबाट आफ्नो अध्ययन सकेपछि सिड्नीमा आएर सोही समयदेखि ब्यवसायिक फोटोग्राफी शरु गरेका थिए । सानो नेपाली समुदाय रहेको त्यस समयमा पनि उनले फोटोग्राफी ब्यवसायिक हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए । अष्ट्रेलियामा रहेका नेपालीमध्येमा पहिलो ब्यवसायिक फोटोग्राफर बनेका प्रधानपछि अहिलेसम्म करिब ३ दर्जन ब्यवसायिक, अर्धव्यवसायिक वा शौखिन फोटोपत्रकारहरू जन्मिसकेका छन् ।
केही बर्षअघिसम्म शौखको रुपमा मात्र रहेको फोटोग्राफी अब ब्यवसायको रुपमा बिकास हुदै गएको छ । अष्ट्रेलियामा अहिले करिब ३ दर्जनको हाराहारीमा पुर्ण ब्यवसायिक र अर्ध व्यवसायिक रुपमा सक्रिय रुपमा लागिरहेका छन् । जसमा कति आफै सिकेर आएका हुन भने केहीले औपचारिक शिक्षा नै लिएका छन् । सबै फोटोग्राफरको नाम उल्लेख गर्न सम्भव नभएपनि उनीहरू सबै ब्यवसायिक रुपमा नै फोटोग्राफीमा लागिरहेका छन् ।
अहिले सिड्नीमा फोटोग्राफी र भिडियोग्राफीमा समेत जम्दै गरेका सुरेन फोटोग्राफीदेखि पहिलो पुस्ताकै ब्यवसायिक फोटोग्राफर केवल राईसम्म अहिलेसम्म सक्रिय छन् । राईसँगै फोटोग्राफी गरेका विवेक बस्नेत समेत फुर्सदमा ब्यवसायिक फोटोग्राफी गर्दै आएका छन् । अर्काेतर्फ नेपालबाटै ब्यवसायिक फोटोग्राफी गर्दै आएकी सुधिरा शाहले समेत नेपाली फोटोग्राफीलाई अलग पहिचान दिने प्रयास गरिरहेकी छिन् । त्यसबाहेक अर्ध व्यवसायिक रुपमा जमिरहेका दर्जनौ नेपाली युवाहरू समेत फोटोग्राफीमा रमाईरहेका छन । जसमध्ये कोही ब्यवसायिक रुपमा जम्ने कोशिष गरिरहेका छन भने कोही सिकाइकै प्रक्रियामा छन् ।
अहिले सिड्नीबाट साउथ अष्ट्रेलियाको एडिलेड बसोबास गर्न आइपुगेका अर्धव्यवसायिक फोटोग्राफर तेज वानेम सिड्नीदेखि वाहिरको शहरमा समेत ब्यवसायिक फोटोग्राफर सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्ने कोशिषमा छन् । हुनत यहाँको टेफमा फोटोग्राफी अध्ययन गरिरहेका सुजन भुसाल समेत ब्यवसायिक रुपमा फोटोग्राफरको रुपमा जमिरहेका छन् । भुषाल मात्र नभएर अर्का रञ्जन खड्का नेपाली समुदाय र कार्यक्रमहरू मात्र नभएर विदेशी समुदायमा समेत राम्रो पहिचान बनाउदै आएका उनीहरू समेत ब्यवसायिक रुपमा नै जमिरहेका छन् ।
त्यतिबेला कुनै नेपाली फोटोग्राफर थिएन्
– विवेक प्रधान
फोटोग्राफी र ग्राफिक डिजाईन अध्ययनका लागि सन १९९७ मा आएका विवेक प्रधानका अनुसार त्यतिबेला नेपाली समुदाय सानो थियो भने ब्यवसायिक फोटोग्राफि गर्ने कोही नेपाली थिएन् । जब उनले तास्मानियामा आफ्नो अध्ययन सकेर सिड्नी आए त्यसबेलादेखि नै उनले ब्यवसायिक फोटोग्राफी शुरु गरेका थिए । उनी आफु नै पहिलो नेपाली ब्यवसायिक फोटोग्राफर हुँ भनेर दाबी गर्दैनन् तर आफुभन्दा पहिला कुनै नेपालीले ब्यवसायिक रुपमा फोटोग्राफी गरेको जानकारी नभएको सुनाउँछन् ।
सन २००१ देखि २०१२ सम्म सक्रिय रुपमा फोटोग्राफी र ग्राफिक डिजाईनलाई आफ्नो ब्यवसाय बनाएका प्रधान अहिले ब्यवसायिक फोटोग्राफीमा छैनन् । हुनत कहिलेकाँही आफ्नो मोबाईबाट वा सामान्य क्यामेराबाट फोटो खिच्छन आफ्नै लागि । तर उनी ब्यवसायिक रुपमा अघि नआएको करिब ५ बर्ष नै भइसक्यो । उनले आफ्नो करिब २० हजार पर्ने निकोनको क्यामेरा नै गोदाममा थन्क्याएर राखेका छन् । भन्छन् ‘खै किन हो, मलाई फोटोग्राफीभन्दा पनि अन्य केही ब्यवसाय गर्नुपर्छ जस्तो लागेर आफ्नै सानो ब्यवसायतिर लागे ।’ तरपनि उनलाई फोटोग्राफिप्रती रुची नभएको भने होईन् । ‘म कार्यक्रमहरूमा जाँदा भाइहरूले खिचेको फोटो हेरिरहेको हुन्छु र युवाहरूको फोटोग्राफिप्रतीको रुची देखेर आफैलाई आनन्द लाग्छ ।,
उनको फोटोग्राफि यति ब्यवसायिक थियो कि उनले फेयरफ्याक्स मिडियामा सिण्डिकेसन म्यानेजरको रुपमा काम समेत गरे । त्यसबाहेक अन्य बिभिन्न विदेशी संस्थाहरूमा समेत फोटोग्राफरको रुपमा काम गर्न भ्याए । मन केसी अध्यक्ष हुँदा एनआरएनले पहिलोपटक आयोजना गरेको नेपाल महोत्सवको फोटोग्राफी र ग्राफिक डिजाईन लगायतको जिम्मा समेत उनैले पाएका थिए । जुन सम्झन्दा समेत उनी रोमाञ्चित हुन्छन् । त्यतिमात्र नभएर अष्ट्रेलियामा प्रकाशित पहिलो नेपाली पत्रिका ‘नेपाल अष्ट्रेलिया लिंक, को ग्राफिक डिजाईन लगायतको काम समेत उनैले जिम्मा लिएका थिए । तरपनि कारणबस, उक्त पत्रिका भने बन्द हुनपुग्यो ।
अहिले इलेक्ट्रोनिक्स सामानहरूको ब्यवसाय गरेर बसेका प्रधान नेपाली फोटोग्राफि यसरी ब्यवसायिक रुपमा फस्टाएको खुशी मात्र छैनन् कि आफुलाई उनीहरूले पहिलो ब्यवसायिक नेपाली फोटोग्राफर भनिदिदां गर्व समेत महसुस गर्छन् ।
अहिले सिड्नी नै फोटोग्राफरहरूको मुख्य स्थान हुदै आएको भएपनि अन्य शहरहरूमा समेत ब्यवसायिक फोटोग्राफी फस्टाउदै गएको छ । ब्यवसायिक रुपमा फोटोग्राफी गर्दै आएकाहरूको भनाई मान्ने हो भने नेपाली फोटो ब्यवसाय हेर्दा जति ग्लामर र ब्यवसायिक लागेपनि यसमा चुनौतीहरू समेत उत्तिकै छन् । आफ्ना ग्राहकले चाहेजस्तो फोटो दिन सकिने हो वा होईन् ? उनीहरूले चाहेजस्तो फोटो आउने हो वा होईन् ? लगायतका चुनौतीहरू हरेक फोटोग्राफरले भोग्ने गर्दछन् । यो हुनु सामान्य नै हो । फोटोग्राफर तेज वानेम सुनाउँछन् ।
हातमा क्यामेरा र आवश्यक सामाग्री लिएर फोटो खिचिरहेका युवाहरूलाई देख्दा सामान्य लागेपनि सामान्यत ब्यवसायिक फोटोग्राफर बन्नका लागि मात्र १५ हजारभन्दा माथिको खर्च गर्नुपर्ने हुन्छ । त्यसमाथि हुने खर्च भनेको आफुले कस्तो सामान प्रयोग गर्ने भन्नेमा भरपर्छ । अहिले ब्यवसायिक रुपमा जमिरहेका प्राय: फोटोग्राफरहरूलाई कुनै न कुनै माध्यमबाट सहयोग पुरयाएका पत्रकार केवल राई नेपाली फोटोग्राफरहरूको भविश्य राम्रो भएको सुनाउछन् । ‘विवेक प्रधानले शुरु गरेको नेपाली फोटोग्राफरको ब्यवसायिकतालाई अहिले जुन स्थान बनाएको छ यसले नेपाली युवाको फोटोग्राफी भविश्य राम्रो देखिएको छ ।, राई भन्छन् ।
नेपाली फोटोग्राफरले अहिले न्युनतम १ सय ५० डलरदेखि ३ हजार डलरसम्म शुल्क लिने गरेका छन् । उनीहरू विवाह, ब्रतबन्ध, पास्नी लगायतका पारिवारिक समारोहहरू मात्र नभएर सामाजिक रुपमा हुने कार्यक्रमहरूमा समेत ब्यवसायिक फोटोहरू अलग अलग रकममा खिच्ने गरेका छन् । यद्यपी सामान्यता ३ सय देखि ५ सय डलरको बिचमा पारिवारिक कार्यक्रममा फोटो खिचिने गरेको छ ।
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...