पोखरामा सार्वजनिक भयो कन्दराको ‘भेडी गोठैमा’

-- / प्रकाशित मिति : आइतवार, फाल्गुन ३०, २०७२

Kandara

पोखरा— करिब एक दशकपछि पोखराको चर्चित ब्याण्ड ‘कन्दरा’ नयाँ एल्बमको साथ बजारमा आएको छ । शनिबार पोखरामा ब्याण्डले पछिल्लो एल्बम ‘भेडी गोठैमा’ सार्वजनिक गर्दै आफुहरु ‘पुनरागमन’ भएको उद्घोष गर्‍यो । एल्बम सार्वजनिक गरेपछि ब्याण्डका भोकलिस्ट विवेक श्रेष्ठले भने–‘हामी फेरि उहि पुरानै शैली र स्वाद सहित आएका छौं । स्रोता तथा दर्शकको साथ फेरि पाउने आशामा ।’ पाँचौं एल्बम ‘भेडी गोठै’मा सार्वजनिक गर्दै ब्याण्डले शनिबार विशेष प्रस्तुती पनि राख्यो ।
उही मन्द मुस्कानसहित ‘ड्यासिङ लुक्स’ मा कन्दराका गायक विवेक श्रेष्ठ आफ्नो ब्याण्डका सदस्यसहित मञ्चमा झुल्किए । मञ्चमा झुल्किनुसाथ विवेक करिब २२ वर्ष अगाडि पुगे । केहि ‘नोस्टाल्जिक’ बने । तत्कालिन समयमा विवेक भर्खर स्कुल सकेर कलेज जाने तय गर्दै थिए । सहपाठी सुनील थापा जो अहिले ब्याण्डका ड्रमर तथा कम्पोजर हुन्, उनीसंग मिलेर एउटा गीत बनाउने तयारी गरे ।
त्यो बेला बनाएको गीत थियो, ‘तिमी पारी त्यो गाउँमा…’ । यहि गीतबाट उनले आफ्नो प्रस्तुती शुरु गरे । प्रस्तुती सकिएपछि तालि परर्र बज्यो । अनि विवेकले भने–‘यो गीत मेरो जीवनकै माईलस्टोन गीत हो । कलिलो उमेरमा बनाएको यो गीतले अझै पनि विवेक श्रेष्ठ र कन्दरालाई चिनाईराखेको छ । यो गीतलाई पछिल्लो छिमलका पुस्ताले पनि अझै मन पराएका छन् । जुन कुरा मलाई खुब मन पर्छ ।’
विवेक ‘नोस्टाल्जिक’ हुन अझै छाडेनन् । ‘त्यतिबेला गितार बोकेर हिँड्दा बाबुआमाले छोरो बिग्रियो भनेर गालि पनि गर्नुहुन्थ्यो । कतिपयले पप गीत गाएर नेपाली मौलिक गीतलाई बिगार्ने गरेको आरोप पनि लगाए ।’ उनले जोडे–‘यद्यपी हाम्रा गीतहरु सबै उमेर समुहका नेपालीहरुले उत्तिकै मन पराए । हामीले एउटा चुनौती पार गर्‍यौं ।’
कन्दराको गीत हिट हुनुमा मौलिकपना मुख्य कारण भएको सबैले भन्छन् । र, विवेकले पनि यसमा सहि थापे । उनले कन्दराको गीतहरु मौलिक हुनुमा गीतकारहरुको देन महत्वपूर्ण भएको बताए । र, स्वर्गीय गीतकार विनोद गौचनलाई सम्झिए । पछिल्लोपटक कन्दराको एउटा हिट गीत ‘तगारोमा रुमाल राखि’लाई उनै गौचनले लेखेका हुन् । गीत गाईसकेपछि ब्याण्डको तर्फबाट विवेकले गौचनलाई श्रद्धान्जली व्यक्त गरे ।
त्यतिले मात्रै पुगेन । गौचनले लेखेको गीतलाई कन्दराले आफ्नो पााचौ एल्बम ‘भेडी गोठैमा’मा पनि समेटेको छ । गौचनले लेखेको गीत ‘चन्द्रकोटकी नानी’ पनि कन्दराले आफ्नो प्रस्तुतीमा राख्यो ।
चन्द्रकोट गाऊा र त्यहााकी सोल्टीनीको कुरा गर्दागर्दै कन्दरा एकैचोटि लेक भन्दा पनि माथि सााग्रीलामा पुग्यो । मौलिक भाकालाई केहि मोर्डन टच दिएर तयार पारेको गीत ‘भेडी गोठैमा’ कन्दराको दोस्रो अन्तिम प्रस्तुती बन्यो । पोखरेली युवा साास्कृतिक परिवारको आयोजनामा भएको एल्बम ‘भेडी गोठैमा’को विमोचनमा आएका सम्पूर्णलाई धन्यबाद दिादै विवेकले उहि चर्चित गीत ‘हङकङ पोखरा’ गाएर प्रस्तुतीलाई टुंगाए ।
कन्दराको पछिल्लो एल्बम ‘भेडी गोठैमा’लाई नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्तले विमोचन गरेका थिए । विमोचन गर्दै उनले नेपाली मौलिक संगीत र पश्चिमेली संगीतको बीचमा रहेर मध्यधारमा गीत गाउादै आएको कन्दरालाई ‘पुनरागमन सफलता’को शुभकामना दिए । उनले पोखरालाई साागीतिक शहर बनाउन ‘कन्दरा’ले ठुलो योगदान दिएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाए ।
त्यस्तै कवि तथा सास्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरालाई झलकमान गन्धर्व, अलि मियाा, धर्मराज थापाहरुले जस्तै गरि साागीतिक शहरको रुपमा चिनाउनमा कन्दराले पछिल्लो पटक योगदान दिएको बताए । त्यस्तै कवि सरस्वती प्रतिक्षाले लामो समयको अन्तरालमा आएपनि कन्दराले उस्तै स्रोताहरुको साथ पाउने अपेक्षा गरिन् ।
शनिबार भएको कन्दरा ब्याण्डको नयाँ एल्बम ‘भेडी गोठैमा’को व्यवस्थापनमा भिजुअल जोन ईभेन्ट कम्पनीले सघाएको थियो । स्टेरियो रेकर्डस्ले बजार व्यवस्थापन गर्ने नयाँ एल्बमको कभर ठिकठाक डटकमका सुरज श्रेष्ठले तयार पारेका हुन् । शनिबारको कार्यक्रम पोखरेली युवा साास्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा भएको थियो ।
पोखराबाट रेम बिक