झापाली समाजले जुन ३ मा सांगीतिक साँझ गर्दै 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ ११, २०७४
अस्ट्रेलियाको नेपाली समुदायमा बिबिध परोपकारी कार्य र आफ्नो थांत थलो झापा जिल्ला सम्म बिबिध सामाजिक एबं परोपकरी कार्यले सबैको प्रिय बनेको झापाली समाज अष्ट्रेलियाद्वारा आउने ३ जुन शनिबारको दिन  “सुमधुर सांगीतिक  साँझ २०१७” को आयोजना गर्दैछ ।
नेपालबाट आउनु भएका बरिष्ठ लोकगायक आदरणिय कुमार बस्नेतको बिशेष उपस्थितिमा हुन गइरहेको उक्त सांगीतिक साँझमा गयक बस्नेतलाई अस्ट्रेलियामा रहेका गायक, गायिका र कलाकारहरुले साथ दिने झापा समाज अस्ट्रेलियाले जनाएको छ ।
कार्यक्रममा मिठो स्वरकी धनि, हिट्स एफएफएम अवार्डलगाएत बिभिन्न प्रतियोगिताहरु की बिजेता गायिका सुजाता उपाध्याय, सिड्नीका अर्का चर्चित गयाक दिल तामांग र हाँस्य कलाकार भुपेन्द्र चुडालको बिशेष प्रस्तुति रहनेछ । त्यसै गरि कार्यक्रममा किरण भण्डारी, समी श्रेष्ठ, सरोज महर्जन, बिबेक श्रेष्ठ र आभाष पौडेल लगायतका चर्चित कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुति रहनेछ । ३ जुनको साँझ ६ बजेबाट सिड्नी हर्स्ट्भिलको मराना अडिटेरियम हुने उक्त कार्यक्रममा उपस्थीति भई दिनु हुन समाजले सबै नेपाली दाजु भाइ दिदि बहिनिहरु लाई अनुरोध गरेको छ ।  कार्यक्रमको टिकट डर ३० डलर र ६० डलर तोकिएको छ।