साउदर्न हाईल्याण्ड नेपलिज कमिटि गठन 

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०७४
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको दक्षिण भेगमा पर्ने तिन सबअर्बहरु मित्तगोंग, बोवराल र मोसेभल (Mittagong, Bowral and Mossvale) को सेरोफेरोमा बसोबास गर्ने नेपालीहरू को गत महिना अप्रिल ३० का दिन  मत्तागोंग स्थित लेक एलेक्जेंड्रिया पार्कमा नयाँ वर्षको शुभकामना आदान प्रदान सहित बार्बिक्यू भेला आयोजना भएको थियो । करिब १०० को हराहारीमा भएको उपस्थितिको भेलाले सर्वसम्मतिमा अरुण गौतमको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सहित साउदर्न हाईल्याण्ड नेपलिज कमिटिको विधिवत घोषणा गरेको छ । २१ कार्यसमिति गठन गरिने निर्णय भाएता पनी हाललाई १९ सदस्य समिति गठन गर्दै थप २ सदस्य मनोनित हुन बाँकी रहेको महा सचिव सुमन बोहराले जानकारी दिए ।  कार्यसमितिको संरक्षक: परसु राम अधिकारी र सल्लाहकारहरुमा नारायण चौलागाई, रेशम गुरुंग, दिपक निरौला, संजय के.शी, तुला भट्टराई हुनुहुन्छ।  त्यसैगरि कार्यसमितिका अध्यक्षमा अरुण गौतम, उपाध्यक्ष: सन्तोष बडाल र अर्जुन चौलागाई, महासचिव सुमन बोहरा, सचिव सन्तोष उपाध्याय, कोषाध्यक्ष: अशोक बस्नेत, सदस्यहरुमा- सुरेश देव आचार्य, अर्जुन अखेली क्षेत्री, किशोर शर्मा, उज्जवल पोखरेल, राम के.शी, समिर श्रेष्ठ, लक्ष्मण पाण्डे, संगिता खनाल, सिवानी दवाडी,  प्रेक पराजुली,  रबिन जोशी, साईमन महर्जन र  रवि अमात्य रहेका छन् ।
उक्त दिनको कार्यक्रम संस्थाका उपाध्यक्ष सन्तोष बडाल र सल्लाहकार दिपक निरौँलाले संचालन गर्नुका साथै बडालले संस्थाको आबश्यकता बारे प्रष्ट समेत पार्नु भएको थियो । यसै गरि संस्थाका संरक्षक श्री परसुराम अधिकारीले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिँदै हामी नेपालीहरु जहाँ भए पनि एक जुट हुदै जुट्नु पर्नेमा जोड दिनु भयो । मन्तब्यकै क्रममा लिलानाथ निरौँला, राम केशी लगायतले बधाई तथा नयाँ कार्य समितिलाई शुभकामना दिनु भएको थियो । कार्यक्रमको समापनगर्दै  नव निर्मित कमिटिको अध्यक्ष अरुण गौतमले सम्पुर्ण हाईल्याण्ड निवासी नेपालीहरु एक जुट बनाउने माध्यमको रुपमा सधै यो संस्था कटिबद्द हुने र सबै नेपालीहरु को सुख दुखको साथि बन्ने बिश्वास दिलाउदै कार्यक्रमको समापन गर्नु भएको थियो।