सिड्नीमा पर्यटन प्रबद्र्धन कार्यक्रम सम्पन्न 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार १२, २०७४
नेपालको पर्यटकीय सुन्दरतालाई प्रचार प्रसार र पर्बर्दन गर्न नेपाली दूतावास क्यानबेरा र नेपाली महावाणिज्यदूतको कार्यालय न्यूसाउथवेल्सका संयुक्त आयोजनामा  सधैका बर्षहरुमा जस्तै यस पटक पनि सिड्नीमा पर्यटन प्रबद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन ब्यबसाय सँग सम्बन्धित पर्यटन ब्यबसायीको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुताबासका तर्फबाट कार्यवाहक राजदूत राजेन्द्र पाण्डे उपस्थिति थिए भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाको फेडरल सांसद लिन्डा बर्नी उपस्थित थिइन्। बौद्ध गुरुहरुबाट बौद्ध मन्त्रोच्चारणसहित पानसमा बत्ती बालेर सुरुवात गरिएको कार्यक्रममा बिबिध नेपाली संस्कृति प्रस्तुति र नेपाल सम्बन्धि बिबिध सामग्री हरु प्रस्तुत गरिएको थियो। कार्यक्रम प्रमुख अथिति सांसद बर्नीले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको बढ्दो बिकाश प्रगतिलाई आफुले निक्कै सकारात्मक रुपमा लिएको र यसले यहाँको बहुसंकृतिक समुदायमा ठुलो योगदान गरेको बताइन । त्यसै गरि कार्यबाहक राजदुत पाण्डेले बिगतमा बिबिध उतार चढावबाट गुज्रदै अब भने सबिधान लागु भएर स्थानीय निर्बाचन सम्पन्न हुदै गर्दा नेपाल पर्यटकको लागि निक्कै उत्तम गन्तब्य बनिसकेको बताए ।

उक्त कार्यक्रममा अस्ट्रेलियन फोटो ग्राफर क्रिस डे बोडेले नेपालमा भुकम्पपछि भैरहेका उद्दार तथा राहत कार्यलाई आफैले खिचेका फोटो सहित  प्रस्तुति गरेका थिए । कार्यक्रममा एनएसडब्लूका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि बद्री अर्यालले सहभागी सबैलाई धन्यवाद दिएका थिए भने महाबाणिज्य दूत दीपक खड्काले उपस्थिति सबै प्रति आभार प्रकट गर्दै आ-आफ्नो क्षेत्रबाट नेपालको पर्यटनलाई प्रबर्द्धन गर्न अनुरोध गरेका थिए।  कार्यक्रम स्थानीय मोर पार्कको गल्फ क्लबमा ३ जुनको सांझ सम्पन्न भएको थियो।