सिड्नीको ओपेरा हाउसमा नेपालीहरु को समुहगत योगा सम्पन्न 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार १२, २०७४
पर्यटकीय एबं एतिहासिक रुपमा समेत महत्वपूर्ण मानिने सिड्नीको प्रसिद्द स्थल ओपेरा हाउसको आँगनमा नेपालीहरु बाट सामुहिक योग शिबिर सम्पन्न भएको छ । योग गुरु आचार्य राजन शर्मा(भिमसेन सापकोटा) को आगुवाइमा  १८ जुनका दिन बिहान ११. ३० देखि दिउसो १.३० सम्म सम्पन्न उक्त कार्यक्रममा ठुलो संख्यामा नेपाली समुदायका सदस्यहरु र योग प्रेमी बिदेशीहरु ले सहभागिता जनाएका थिए । अन्तराष्ट्रिय योग दिवस २०१७ को उपलक्ष्यमा सम्पन्न सो कार्यक्रम ले पश्चिमाहरु को समेत ध्यान खिच्दै उनिहरुलाई पनि ध्यान र योगा प्रति सम्मोहित गर्न सफल बनेको योग गुरु आचार्य राजन ले बताए।  विश्व शान्ति तथा अध्यात्म- विज्ञान समाज, (जीएसपीएस ) को आयोजनामा सम्पन्न सो कार्यक्रममा संस्थाका सकृय अभियन्ता चुडामणि बेलबासेले उक्त कार्यक्रमले धेरैको ध्यान खिच्न सफल भएको र नेपालीहरुको उपस्थितिले हाम्रो परिचय समेत फरक ढंगले बनेको बताए।