नेचुरल बडीबिल्डीङ प्रतियोगितामा नेपालीलाई आहिले सम्म कै ठुलो सफलता 

नेपाली खेलाडीले पाँच स्वर्ण र तीन काँस्य पदक जित्न सफल
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार १५, २०७४
गत जुन २४ र २५ मा थाइल्यान्डमा सम्पन्न आइसीएन एमेच्यौर नेचुरल बडीबिल्डीङ प्रतियोगितामा नेपाली खेलाडीलाई आहिले सम्म कै ठुलो सफलता मिलेको छ । प्रतियोगितामा नेपाली खेलाडीले नेपालको झन्डा उचाल्दै पाँच स्वर्ण र तीन काँस्य पदक जित्न सफल भएका छन् । अस्ट्रेलियाभरि छरिएर रहेका बडीबिल्डीङ प्रेमीहरु लाई संस्थागत गर्दै आइसीएन नेपाल गठन गरेका संस्थापक मध्येका एक सन्तोष श्रेष्ठको नेतृत्व र उनकै प्रशिक्षकमा चार जना खेलाडीहरु उक्त प्रतियोगितामा सहभागी बनेका थिए ।
 
पहिले पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी मिलनचन्द्र राईले पहिलो पटकमा नै  Men’s Novice Physique, Men’s Open Tall Physique, Men’s Overall Physique , Pro Men’s Physique चार विधामा स्वर्ण पदक जितेका थिए । त्यसै गरि बिनोद महर्जनले बडीबिल्डीङ क्यट्गोरि अन्तर्गत  Men’s Open Under 75 kg bodybuilding मा स्वर्ण र Men’s Open Tall Bodybuilding मा कश्य पदक जित्न सफल भएका छन्।  यसै गरी दिपु मुनिकारले पुरष फिट्नेस तर्फ Men’s novice fitness model र Men’s Open Fitness मोडलमा २ कश्य पदक जित्न सफल भए।  अर्का सहभागी राजु महर्जनले पुरुष street model क्याटगोरीमा 30+ Men’s Physique तर्फ Top 5 मा पर्न सफल भए ।
प्रशिक्षकको रुपमा प्रतियोगिता भर रहेका सन्तोष श्रेष्ठले नेपाली खेलाडीको खेलको स्तर निक्कै माथि रहके र अवसर पाएमा नेचुरल बडीबिल्डीङको क्षेत्रमा नेपाली खेलाडीले अझ प्रगति गर्न सक्ने बताउदै पहिलो पटकमा नै यो स्तरको सफलता हासिल गर्न सक्षम खेलाडीहरु र सहभागीहरु लाई बधाई दिदै अन्य सबै शुभेच्छुकहरुलाई धन्यवाद व्यक्त गरे।