उत्तर कोरियाको आक्रमण तयारी

-- / प्रकाशित मिति : मङ्लबार, चैत्र २, २०७२

उत्तर कोरियाले फेब्रअरीको तेस्रो साता ठूलो सैनिक प्रदर्शनी गरेको छ । त्यसक्रममा फाइरिंग गरेको आवाजले दक्षिण कोरियामा हलचल मच्चिएको बताइन्छ । पछिल्लो गुप्तचरको रिपोर्टमा उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियामाथि आक्रमणको तयारी गरेको उल्लेख थियो । एक महिना अघि उत्तर कोरियाले हाइड्रोजन बम र लङ रेन्ज मिसाइल लन्च गरेको थियो । उत्तर कोरियाले १९८७ र २०१० मा दक्षिण कोरियामाथि आक्रमण गरिसकेको छ । उत्तर कोरियाले हाइड्रोजन बम र मिसाइल परिक्षणपछि दक्षिणसंगको सम्बन्धमा खटपट उत्पन्न भएको थियो । एउटा रिपोर्टमा किम जोङ उनको आदेशमाथि उत्तर कोरियन स्पाइ एजेन्सीले साइबर र अन्य आक्रमणको तयारी सुरु गरेको उल्लेख छ ।