एयर ह्विलको हेलमेट

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७४

एयरह्विल कम्पनीले बिल्ट–इन क्यामेरा सहितको हेलमेट उत्पादन गरेको छ । राइडिङ गर्दा अथवा स्पोर्ट्समा रमाउँदा बाइक अथवा स्कुटर चढ्नेहरूको यसको प्रयोग गरी निकै नै आनन्द लिनुका साथै सबै रेकर्ड क्यामेरामा कैद गर्न सक्छन् । कार्वन फाइवरद्वारा निर्मित जेन्युइन लेदर कभर भएको यो हेलमेट कलरफुल प्याटर्नमा उपलब्ध छ । यसमा प्रयोग गरिएको हाई डिफिनिसन क्यामेराले १२० डिग्री फिल्ड अफ भ्युमा स्टिल फोटो तथा भिडियो खिच्न सक्छ । यसमा प्रयोग गरिएको हाई क्वालिटी अडियोको प्रयोग गरी म्युजिक सुनेर आनन्द लिन सकिन्छ । यद्यपि यसको गुणस्तर र मूल्यको बारेमा भने कम्पनीले अझै जानकारी दिएको छैन ।