गायिका आगन्तुकको तीज गीतमा नम्रताको छमछमी

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन २०, २०७४

काठमाडौं— गायिका आगन्तुक खरेलको नयाँ तीज गीत ‘बरीलै रमाइलो तीजमा…’ मा नेपाली चलचित्रकी नायिका तथा मोडल नम्रता सापकोटा छमछमी नाचेकी छिन् । आज शुक्रवार सार्वजनिक भएको उक्त तीज गीतको म्युजिक भिडियोमा मोडल सुष्मा थापा, गायिका खरेल तथा उनकी छोरीले पनि आकर्षक नृत्य गरेका छन् ।
संगीतकार बिजु बज्रद्वारा संगीतबद्ध तथा रचना गरिएको उक्त गीतको म्युजिक भिडियो सङ्सनेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
संगीतकार बज्रद्वारा नै निर्देशित म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने म्युजिक भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् ।
गायिका खरेलले दुई वर्षअघि पहिलो पटक तीज गीत गाएकी थिइन् । दुई वर्षअघि उनले आउ संगै नाँचौं शीर्षकको गीत गाएकी थिइन् ।

यस्तो छ बरीलै रमाइलो तीजमा गीतको म्युजिक भिडियो :