सन्जिबको झिलमिल झिलमिल…

-- / प्रकाशित मिति : बिहिबार, चैत्र ४, २०७२

Video

काठमाडौं— गायक गायक सन्जिब पराजुलीले बजारमा ल्याउन लागेको गीति एल्बम ‘सुनय’ को एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बममा समावेश ‘झिलमिल झिलमिल’ गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतमा होमनाथ न्यौपोको शब्द तथा दीपक भट्टराईको संगीत सुन्न सकिन्छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । लक्ष्मण पौडेलद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा अभिनेता प्रदीप बास्तोला तथा अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् । भिडियोमा प्रेममा परेका प्रेमिले प्रेमिलाई गर्ने प्रसंसालाई चित्रण गरिएको छ । गायनमा आधारित रियालिटी शो ‘नेपाली तारा’ को पहिलो संस्करणबाट गायन क्षेमा आएका गायक पराजुली विगत ८ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

यस्तो छ भिडियो :