चन्द्र योन्जनद्वारा तीज भड्किलो नभई सभ्य बनाउन आह्वान
अष्ट्रेलियाको नेपालीहरुको व्यस्त जीवनशैलीमा यदि नेपाली चाडपर्व नभित्रने हो भने, सायद उनीहरु एक क्षण खुसी बटुल्न पनि अन्य धेरै उपायहरुनै अपनाउनु पर्थ्यो होला । तर जे होस् बेला बेलामा यहाँ नेपाली चाडपर्व लामो समयसम्म भित्रिदाँ र ती चाडपर्वको बहाना पारेर भए पनि नै मानिसहरु एकअर्कामा रमाउन पाएका छन् , नाँच्दै , गाउँदै साथी–आफन्तहरुसँगको मिठो भेटले ओठमा मुस्कान त ल्याएको छ। चाडपर्वकै कुरा गर्ने हो भने मेल्वर्नको नेपाली समुदायमा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजले उल्लास भरिदिएको छ । छरिएर बसेका नेपालीहरु एकत्रित हुँदै विभिन्न कार्यक्रमहरु आयोजना गरेर भव्यताका साथ तीज पर्व मनाइरहेका छन् । त्यसैक्रममा क्रेगिबन नेप्लीज् कमिनिटि भिक्टोरीया र नारी निकुन्ज भिक्टोरीया अष्ट्रेलियाको संयुक्त आयोजनामा यही अगस्ट २१ मा हरितालिका तीज भव्य एवं सभ्य तरिकाले सम्पन्न भएको छ । क्रेगिबनमा नै भएको यस तीज कार्यक्रममा भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन प्रमुख अतिथि रहेका थिए भने त्यस्तै र विशिष्ठ अतिथिमा पूर्व मेयर हेलेन तथा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने रहेका थिए ।
त्यसंगरी एनआरएनए भिक्टोरियाका अध्यक्ष केशव कंडेल, न्याभका उपाध्यक्ष तारा ग्रैरे, एनआरएन भिक्टोरीयाका उपाध्यक्ष युर्गेन्द्र रेग्मी, सचिव गौतम लामिछाने , दिदीबहिनी समाजका अध्यक्ष जमुना पराजुली तथा एनआरएनए भिक्टोरीयाका अन्य कार्यसमितिका सदस्यहरु र क्रेगिबन समाजमा संस्थापक तथा सल्लाहकारहरु अतिथिको रुपमा उपस्थित भएका थिए । तीजलाई मौलिक परम्परागत रुपमा जसरी नि दाजुभाइहरुले दिदीबहिनीहरुलाई दर खुवाउने र रमाइलो गर्ने उद्देश्यले यो कार्यक्रम गरेको थियो र तीजमा उपस्थिती सबै चेलिबेटि तथा अन्य उपस्थित व्यक्तिहरुलाई पनि निःशुल्क दर खुवाएको थियो । तीजलाई व्यापारीक ढंगबाट भन्दा पनि माैलिक रुपमा नै मनाउने भन्दै स्थानीय दिदीबहिनीहरुले पनि आफ्नो समुह बनाएर सान्दार नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यक्रम गर्नुको उद्देश्य प्रकास पार्दै क्रेगिबन समाजमा अध्यक्ष प्रेम कडेँलले स्वागत मन्तव्य दिएका थिए । क्रेगिवन समाज नेपाली मौलिक संस्कृति र भाषालाई सधै प्राथमितामा राख्ने र त्यही अनुसार कार्यक्रम पनि गर्ने उनले बताएका थिए । त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि महाबाणिज्यदूत चन्द्र योन्जनले तीजको शुभकामना दिदैँ आजकालको तीज महिला र पुरुषले एक अर्काको इज्जत गर्दै मिलेर रमाइलो गरेको देख्दा खुसी लागेको र यो समाजको लागि एकदमै राम्रो परिवर्तन रहेको बताएका थिए । त्यसैगरी एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथानले पनि तीजको शुभकामना व्यक्त गर्दै कार्यक्रममा भरपूर मनोरन्जन गर्न आह्वान गरेका थिए । निःशुल्क फोटो खिच्ने पनि व्यवस्था भएको यस कार्यक्रममा नेपालमा भर्खरै गएको बाढीपिडितहरुको सहयोगको लागि डोनेसन बक्स मार्फत एघार सय डलर संकलन भएको थियो ।
#चन्द्रयोन्जन #नेपाली_चाडपर्व
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...