सामाजिक सञ्जाल डिप्रेसनको कारक
के फेसबुक तथा ट्विटरजस्ता सोसल मिडियाले हामीलाई खुसी बनाइरहेका छन् ? यसको जवाफ व्यक्तिपिच्छे फरक–फरक होला, तर हालै भएको एक सर्वेक्षणले सोसल मिडिया प्रयोगकर्तामध्ये हरेक पाँच जनामा एक जनालाई डिप्रेसनको समस्या भएको देखाएको छ ।
सर्वेक्षणमा सहभागी मध्ये २० प्रतिशतले सोसल मिडिया प्रयोग गरेसँगै आफूले डिप्रेस्ड महसुस गरेको बताएका छन् । यसरी सोसल मिडिया प्रयोगका कारण डिप्रेसनको सिकार हुनेमध्ये अधिकांश ३० वर्षमुनिका युवायुवती छन् । सर्वेक्षणअनुसार स्मार्टफोनको अत्यधिक प्रयोगका कारण युवाहरूले आफ्नो संवाद तथा तर्कक्षमता पनि गुमाइरहेका छन् ।
भनिन्छ, सोसल मिडियाको अत्यधिक प्रयोगका कारण युवाहरूको नजरमा नजर जुधाएर अर्थात् प्रत्यक्ष संवाद गर्ने क्षमतामा गिरावट आइरहेको छ । सोसल मिडियाको अत्यधिक प्रयोगका कारण प्रयोगकर्ताहरूमा चिन्ता, एकलकाँटे प्रवत्ति तथा आत्मविश्वासमा कमीजस्ता भावना बढीरहेको छ । सोसल मिडियामा अत्यधिक सक्रियताका कारण किशोर–किशोरीहरूमा स्ट्रेस हार्मोनको मात्रा बढीरहेको छ, जसले विभिन्न किसिमका स्वास्थ्य समस्या उत्पन्न गर्ने गरेको छ ।
ट्विटरको अत्यधिक प्रयोगले रिस तथा दिक्दारी वृद्धि हुन्छ । त्यसैले विज्ञहरूले अहिले डिजिटल मुक्त घरको अवधारणा अघिसारेका छन् । विज्ञहरूका अनुसार कम्तीमा पनि सुत्ने कोठामा कुनै पनि डिजिटल सामग्री तथा स्क्रिन हुनु हुँदैन । त्यस्तै राति बत्ती निभाइसकेपछि स्मार्टफोन प्रयोग गर्न‘ हुँदैन । यसले निद्रामा असर पार्ने तथा विभिन्न मानसिक समस्या खडा गर्ने जोखिम वृद्धि हुने विज्ञहरूको भनाइ छ ।
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...