अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
विश्वभरि छरिएर नेपाली साहित्यलाई माया गर्दै आइरहेका साहित्यक मनहरुको चौतारी अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को हरेक २ बर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको पर्थमा सम्पन्न भएको छ। गत सेप्टेम्बर ९ देखि १० मा उत्तरी पर्थ को द म्याकेडेनीएन कम्युनीटि सेन्टरमाअनेसास, पर्थ च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रम बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । संसार भरिका बिभिन्न देशहरुमा रहेका अनेसासका झन्डै दुई दर्जन च्याप्टरहरुबाट सहभागीता रहेको सो सम्मेलनमा , अनेसास केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्मा ,एनआरएन ग्लोबलका उपाधक्ष्य भबन भट्ट , अनेसास केन्द्रका सल्लाहकार मोहन सिटौला , नेपालका बरिस्ठ निबन्धकार युवराज नयाँघरे , चर्चित साहित्यकार एल बि क्षेत्री, अनेसास केन्द्रका उपाध्यक्ष्य राधेश्याम लेकाली, नेपाली समकालीन कबितामा प्रखर कवि सन्ध्या पहाडी लगायत विश्वका बिभिन्न भु- भागमा बसो बास गर्ने नेपाली साहित्यकार तथा साहित्यप्रेमी हरुको अपूर्व जमघट रहेको थियो ।
सम्मेलन समाप्ति संगै अनेसास पर्थ च्याप्टरका महासचिव प्रकाश गौतमले एक प्रेस बिज्ञप्ति जारि गरि सम्मेलन सफल पार्न सहयोगी सबैलाई धन्यबाद दिदै डायस्पोरा भरि छरिएर रहेका साहित्यकर्मीहरु लाई अस्ट्रेलियामा स्वागत गर्न पाउदा अनेसास अस्ट्रेलिया गौरबान्भित भएको उल्लेख गरेका छन्। बिज्ञप्तिका अनुसार २ दिन सम्म चलेको उक्त कार्यक्रमको उद्घाटन सत्र
नेपालको र अस्ट्रेलियाको राष्ट्रिय गानबाट शुरु भएको थियो भने उद्घाटन सत्रमा अनेसास पर्थ च्याप्टरका अधक्ष्य गणेश घिमिरेको गजल संग्रह ‘यादहरुको पहाड’, पर्थकै अर्का साहित्यकार राजेश बुढाथोकीको कविता संग्रह ‘जलिरहेको देश ‘, अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको निबन्ध संग्रह ‘नाथे भात’,अनेसास केन्द्रको प्रकाशन ‘अन्तर्दृष्टि’, नेपालका साहित्यकार लकास पौडेलको छंद कविता संग्रह ‘बिनियोग’, अनेसास केन्द्रका क्षेत्रीय उपाध्यक्ष्य भीमसेन सापकोटाको अडियो बुक ‘सफल जीवनका सूत्रहरु’ नेपालकी साहित्यकार तथा गीतकार बाबा बस्नेतको गिती संग्रह ‘बिहानी’ को प्रमुख अतिथी तथा अतिथीहरुबाट लोकार्पण भएको थियो । सो कार्यक्रममा अनेसास हिरोको अवार्ड अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष्य राधेश्याम लेकालीलाई प्रदान गरिएको थियो । त्यस्तै ‘अनेसास राम लामा’ पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदिलाई डायस्पोरिक साहित्यमा लामो समयदेखि योगदान गरे बापत सम्मान स्वरूप प्रदान गरिएको थियो । उक्त अबसरमा एनआरएन उपाध्यक्ष भबन भट्टले महिला साहित्यकारहरु लाई प्रोत्साहन गर्नको लागि हरेक बर्ष प्रदान गर्ने गरि एउटा पुरस्कार स्थापना गर्दै अनेसाससंग एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै एनआरएन ग्लोबल उपाधक्ष्य भबन भट्टले आगामी दिनमा अनेसास र एनआरएनको बिश्वब्यापी संजाल संगसंगै काम गर्न आफू तयार रहेको भन्दै अनेसासको नेपाली भाषा र साहित्यलाई सम्बर्धन गर्ने अभियानमा एनआरएनको सदैब साथ र सहयोग गर्ने प्रतिबद्दता प्रकट गरे ।
कार्यक्रमका प्रमुख आकर्षण बरिष्ठ साहित्यकार तुलसी दिवसले हरेक लेखकमा इमान्दारिता हुनु पर्ने बताउदैं प्रवासमा रहेका लेखक तथा साहित्यकारहरुले पनि आफ्नो लेखनमा इमान्दारिता देखाउन आग्रह गर्दै अनेसासले प्रवासमा रहेका साहित्यप्रेमीहरुको कलम तिखार्न पुरयाएको योगदानको प्रशंशा गरेका थिए । उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, अनेसास केन्द्रका संस्थापक अध्यक्ष तथा सल्लाहकार होमनाथ सुबेदी तथा अनेसास ट्रस्टका अध्यक्ष श्याम कार्कीको शुभकामना मन्तब्य पढिएको थियो भने अतिथीहरु राधेश्याम लेकाली , युवराज नयाँ घरे , मोहन सिटौला लगायतले शुभकामना सहित सम्बोधन गरेका थिए ।
सोहि दिनको दोश्रो सत्रमा अनेसास सम्मेलनका संयोजक गणेश घिमिरेले “डायस्पोरामा नेपाली साहित्यको प्रबर्धन” बिषयमा प्रस्तावनापत्र प्रस्तुत गरेका थिए । सो पत्रमाथि टिप्पणी तथा छलफल सहित पहिलो दिनको कार्यक्रम समापन भएको थियो । कार्यक्रमलाई अनेसास पर्थका सदस्य तथा संचाकर्मी कमल सिलवाल तथा मेलबोर्नमा रहेका संचारकर्मी बासुदेव मरहट्ठाले संयुक्त रुपमा संचालन गरेका थिए ।
दोश्रो दिनको कार्यक्रमको शुरुवात अनेसासका क्षेत्रीय उपाध्यक्ष भीमसेन सापकोटाको सकारात्मक सोचको सेसन सहित शुरुवात भएको थियो । अनेसास अस्ट्रेलिया एनएसडब्ल्यु च्याप्टरकी अध्यक्ष सानु घिमिरेले ‘अस्ट्रेलियाली नेपाली साहित्यको विकास , विस्तार र यसमा अनेसासको योगदान’ बिषयमा कार्यपत्र प्रस्तु गरेकी थिईन् जसमा राजु मानन्धर, डा रेनुका सोलु, भीमसेन सापकोटा लगायत अन्य सहभागीहरुले टिप्पणी गरेका थिए । त्यस्तै डा लक्षमण गौतमले ‘वर्तमान साहित्यको मूल प्रवाहमा डायस्पोरा साहित्य’ बिषयमा मुख्य कार्यपत्र पेश गरेका थिए जसमाथि तुलसी दिवस , युवराज नयाँघरे, मोहन सिटौला लगायत अन्य सहभागीहरुले टिप्पणी गरेका थिए ।
सोहि दिनको अपरान्हमा शुरु भएको ‘रचना वाचन सेसन’ पांच घण्टा सम्म चलेको थियो जसमा सम्मेलनका सहभागीहरुले आ-आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रमको अन्तिम सत्रमा सम्मेलनका संयोजक गणेश घिमिरेले धन्यबाद ज्ञापन गरेका थिए भने अनेसास केन्द्रका कोषाध्यक्ष शान्तिराम ढकालले आफू अध्यक्ष रहेको सम्मेलन घोषणा पत्र समुहको तर्फबाट पांच बुदे पर्थ सम्मेलन घोषणा पत्र प्रस्तुत गरेका थिए। सम्मेलनको सभापतित्व गरेका अनेसास केन्द्रका अध्यक्ष पदम बिश्वकर्माले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधै क्रियाशील रहने बताउदै आयोजक पर्थ च्याप्टरलाई धन्यबाद दिदै सम्मेलन समापन भएको घोषणा गरे ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...