एनआरएनए भिक्टोरिया राज्य समितिको आयोजनामा अभिभावक वनभोज कार्यक्रम हुँदै
एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समितिको आयोजनामा अभिभावक वनभोज कार्यक्रम यही नोभेम्वर २६ तारिख आइतवारका दिन मेलबर्न्स्थित यान यियन रिजर्भियर पार्कमा हुँदैछ । आफ्ना छोराछोरीको दुःख सुख हेर्न होस्, उनीहरुको प्रगती र उपलब्धिको हिस्सा हुन होस् वा आफ्नो वंश, नातिनातिना खेलाउन होस्, यसरी अनेक तरिकाले अभिभावकहरु अष्ट्रेलिया आउने क्रम जारी नै रहेको छ । यसरी आउने क्रममा अभिभावकहरुको प्रायः जसो एक महिनादेखि एक वर्षसम्म लामो बसाईँ पनि हुने गरेको छ । अभिभावकहरुको विदेसीभूमि न धेरै आफन्त हुनु , न छिमेकीलाई राम्ररी चिन्नु, न यहाँको भाषा राम्ररी बुझ्नु र बोल्नु, केही समयसँगै बिताएपछि छोराछोरीहरुपनि कमाउन जानुपर्ने र अभिभावकहरु दिनभरी घरमा बसिरहनु पर्ने बाध्यता रहेको छ । यसरी धेरै समयसम्म बस्दा अभिभावकहरुमा नैराश्यकता आउनु र एक्लिनु स्वभाविक हुन्छ र एकदिनकै लागि भए पनि सबै अभिभावकलाई एउटै छानामूनी एउटा मिलनविन्दुमा गोलवन्द गरौँ भन्ने कुरालाई मध्यनजर गदै अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहनुभएका नेपाली अभिभावकहरुको जमघट र सम्मानमा यस वर्ष अभिभावक वनभोज कार्यक्रम आयोजना गर्न लागिएकाे हाे ।
यस निःशुल्क वनभोज कार्यक्रम एनआरएनए भिक्टारीयाको नयाँ कार्य समितिको पहिलो कार्यप्रस्तुती रहेको छ । विभिन्न खेल, हाजिरजवाफ प्रतियोगीता तथा अन्य विभिन्न मनोरन्जनात्मक सामाग्रीहरु पनि कार्यक्रममा समावेश गरिनेछ । त्यसकासाथै अभिभावकहरुलाई आफ्ना कथा सुनाउने र सुन्ने एउटा सुन्दर अवसर पनि प्रदान गरिनेछ । अभिभावकहरु सदैव जहाँ पनि सम्मानीय हुने, अभिभावकहरुबाट छोराछोरीले सदैव राम्रो कुरा र असल मार्गनिर्देशन पाउने तथा यहाँ जन्मेका बालबालिकाले आफ्नो हजुरबुबा हजुरआमाबाट पनि नेपाली भाषा र अन्य नेपाली सस्कृतिका ज्ञानज्ञुनको कुराहरु सिक्ने अवसर पाइरहने र तीनै हाम्रा प्रेरणा र स्रोतका अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई मात्रै नभई सबैले सम्मान गर्नुपछ भन्ने हेतुले नै कार्यक्रमको आयोजना गरिएको एनआरएनए भिक्टाेरीयाका सचिव गौतम लामिछानेले बताएका छन् ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...