अभिभावक वनभोज कार्यक्रम सम्पन्न
मेलवर्न २७ नाेभेम्बर, “आहा! कति राम्रो ठाउँ पो रहेछ । यतिका नेपालीहरु जम्मा भएको अनि यो ताल देख्दा त बेगनास तालमा गएर पिकनि खान आएको जस्तो पो लाग्यो । एकदमै रमाइलो पो भयो त आज । ” यो प्रतिक्रिया गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समिति साथै नेप्लीज एशोसिएसन अफ भिक्टोरिया र महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको सहकार्यमा सम्पन्न गरिएर्को अभिभावक वनभोज’ कार्यक्रममा उपस्थित धेरै अभिभावकहरुको आएको थियो ।
पानी र हल्का चिसोपनलाई पनि वास्ता नगर्दै अभिभावकहरु यही २६ नोभेम्बरमा यान इयन पार्कमा नाँच्न , गाउन र एकअर्काबीच परिचय गर्दै साथी बनाउन व्यस्त देखिन्थे । अभिभावक सहित उनका आफन्तहरु तथा समुदायको अग्रज उपस्थिती बाक्लो देखिन्थ्यो ।
यस वनभोजलाई विभिन्न व्यवसायीक संघसंस्थाले सहयोग गरेका थिए । कार्यक्रमको अबधिमा आयोजना गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा यस कार्यक्रमलाई सहयोग गरेर सफल बनाउनु हुनेहरुको नाम उच्चारण गर्दै प्रमाणपत्र वितरण पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष डा. चन्द्रदिपक पोखरेल,एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, उपाध्यक्ष केशव कँडेल, एनआरएन भिक्टोरीयाका सचिव तथा वनभोज कार्यक्रमका संयोजक गौतम लामिछानेले कार्यक्रम अत्यन्त सफल रहेको र यस्तो खालको कार्यक्रममले अभिभावकहरुलाई पनि प्रोत्साहन गर्ने र नेपालको झल्को पनि दिने बताएका थिए ।
कार्यक्रममा यही डिसेम्बर १८ देखि २४ तारिखमा नेपाली सामुदायिक केन्द्र बनाउनको निम्ति हुन गइरहेको सप्ताहको बारेमा पनि जानकारी दिइएको थियो । आफ्नो सामुदायिक भवन, मठमन्दिर हुँदाको फाइदा बताउँदै अभिभावकहरुलाई सके सातै दिन नसके एकदिन भएपनि आइदिनको लागि हार्दिक अनुरोध गरिएको थियो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...