अष्ट्रेलियाबाट नेपाल पुग्यो नेचर्स वे ब्रान्डका उत्पादनहरू
अष्ट्रेलियाबाट नेपालमा बसोबास गर्ने आफ्ना आफन्तलाई के उपहार पठाउने भन्ने बारेमा सोच्दै हुनुहुन्छ ? नेपालमा आफ्ना नजिकका ब्यक्ति तथा उनीहरूका सन्तानकालाई अष्ट्रेलियामै उत्पादन भएका सामग्री नेपालबाटै उपलब्ध गराउन सक्नु हुने भएको छ । नेपालमा औषधी तथा सर्जिकल सामग्रीहरू विक्रि वितरण गर्दै आएको डा.साथीले अष्ट्रेलियाको नेचर्स वे ब्राण्डले उत्पादन गरेका भिटामिनउक्त औषधीयहरू नेपाली बजारमा ल्याएको छ ।
अष्ट्रेलियाली औषधीय उत्पादनहरू आयात गर्ने पछिल्लो कदम स्वरुप डा. साथीले अष्ट्रेलियाको फर्माकेयर ल्याबोरट्रिजसँग सहकार्य गरेपछि यो सम्भव भएको हो । डा.साथीले नेचर्स वे ब्रान्डका उत्पादनहरू नेपालमा बिक्री–वितरण प्रारम्भ गरेको हो ।
उक्त अष्ट्रेलियाली कम्पनीसंगको पहिलो चरणको साझेदारी अन्तर्गत किड्स स्मार्ट प्रोबायोटिक ड्रप्स, भाइटा गमीजस भिटामिन सी जिङ्क, किड्स स्मार्टस क्याल्सियम ः भिटामिन डि थ्री, भाइटा गमीजस मल्टी भेजिज, किड्स स्मार्टस ओमागा–थ्रीफिस ओयल हाई डिएचए र किड्स स्मार्ट भाइटा गमीजस मल्टी भिटामिन नेपाली बजारमा उपल्ब्ध गरिएको छ ।
फर्माकेयर एउटा अष्ट्रेलियाली र पारिवारिक कम्पनी हो जसको विश्वव्यापी रुपमा शाखाहरू रहेका छन् । सुस्वास्थ्य तथा आरोग्यताका माध्यमबाट मानिसहरूको जीवनलाई अझ राम्रो र उत्कृष्ट, स्वास्थ्यकर तथा खुसी बनाउनउ त्प्रेरित गर्न तर्फ समर्पित छ ।
नेपालमा ल्याइएका उत्पादनहरू निम्न प्रकारका छन्
प्रोबायोटिक ड्रप्स
नेचर्स वे किड्स स्मार्ट प्रोबायोटिक ड्रप्सले बालबालिकालाई चाहिने प्रोबायोटिकको दैनिक मात्रा प्रदान गर्दछ । बच्चाहरूको (ईन्फेन्ट कोलिक) लक्षणहरू हटाउने, पेट फुल्ने र पेट दुख्ने समस्या कम गर्ने, सामान्य पाचन स्वास्थ्यमा सहयोग पु¥याउने, रोग प्रतिरोधी प्रणालीलाई बलियो र स्वास्थ्यकर पाचन प्रणाली प्रबद्र्धनमा सघाउँछ ।
किड्स स्मार्ट ब्रस्टलेट्स ओमेगाथ्रीफिस ओयल फ्रुटी फिप्टिज
नेचर्स वे किड्स स्मार्ट ओमेगाथ्रीफिस ओयलले बालबालिकालाई डिएचए प्रदान गर्छ । यो स्वादिलो र चपाउनमिल्ने ब्रस्टलेटमा हुन्छ ।
किड्स स्मार्ट ब्रस्टलेट्स क्याल्सियम ः भिटामिन डी थ्री फिप्टिज
नेचर्स वे किड्स स्मार्ट ब्रस्टलेटेस क्याल्सियमः भिटामिन डी थ्री फिप्टिजले बालबालिकाको हड्डी स्वस्थ रुपमा बढ्न र विकासमा सघाउँछ ।
नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टीभिटामिन भेजिज सिक्टिज
नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टी भिटामिन भेजिज सिकिटजमा नौ वटा पोषण छ, जसले बालबालिकालाई हुर्कन र तिनीहरूको विकासमा सघाउँछ ।
नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टीभिटामिन फसी इटर्स
नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टीभिटामिनमा भिटामिन र खनिज हुन्छ जसले बालबालिकाको हुर्काइ र विकासमा सहयोग गर्छ ।
के हो डा. साथी ?
डा. साथीले नेपालमा प्रथम पटक चेन फार्मेसीको सुरुवात गरेको हो । वि.सं. २०६६ मा स्थापना गरिएको डा. साथीको उद्देश्य भनेको नेपालमा सबैमा उत्कृष्ट स्वास्थ्य सेवामा पहुँच पु¥याउने हो । डा. साथी ब्रान्डले स्वास्थ्य क्षेत्रम विश्वास र सेवा दिनका लागि तत्पर छ । साथै सबै औषधि पसलहरूमा उचित व्यवस्थापन, उत्कृष्ट संरचना, कामप्रति कर्मठ र सेवामुखी पेशाकर्मीहरूसँगको साझेदारी र भर्ती निरन्तर उच्चस्तर कायम गर्न प्रतिबद्ध छ । डा. साथीले के विश्वास लिएको छ भने मानिसहरूमा स्वास्थ्य सेवालाई लिएर आत्मविश्वास जगाउन सकियो भने मात्र देशले प्रगति हासिल गर्दछ । डा. साथीका चेनहरू नेपालका सबै शहरहरूमा पुग्नका लागि परिकल्पना गरेको छ र आम नागरिकले सहजै उपभोग गर्न सक्ने र पहुँचमा हुने स्वास्थ्य सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको डा. साथीको भनाई छ ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...