टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चद्वारा अस्विकार

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख १३, २०८१

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च अदालतले धरौटीमा थुनामुक्त गर्न अस्विकार गरेको छ । बिहीवार कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत तथा उच्च अदालत पाटनले गरेको आदेश सदर गर्दै उनलाई थुनामुक्त गर्न अस्विकार गरेको हो ।