बिहिबार थपिए ३३२ जना सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०७७

काठमाडौं – नेपालमा कोरोना भाइरसका ३३२ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो ।

पछिल्लो चौबीस घण्टामा ७९ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।

नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ६०८ निको भएका छन् ।