दुर्जकुमारको बढुवा, भए सशस्त्र प्रहरीका महानिरीक्षक

-- / प्रकाशित मिति : मङ्लबार, बैशाख १४, २०७३

Durja Kumar Rai

काठमाडौं— सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राईलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएपछि राईलाई कायम मुकायम महानिरीक्षकको जिम्मेवारी तोकिएको थियो । दोस्रो जनआन्दोलन दबाउन राईले मुख्य भूमिका निर्वाह गरेको भन्दै रायमाझी आयोगले कारवाहीको सिफासिर गरेको थियो ।
मन्त्रीपरिषद् बैठकले आगामी बजेट अधिवेशन वैशाख २१ (मे ३) गते ११ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने कानुनी व्यवस्था छ ।
मन्त्रिपरिषद बैठकले राप्रपा नेपालबाट सहायकमन्त्रीमा नियुक्त भएका विराट विष्टलाई पदमुक्त गरी उनको ठाउँमा राप्रपा नेपालकै रेशमकुमार लामालाई संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्रीमा नियुक्त गरेको छ । यसैगरी बैठकले रुपन्देहीबाट विभिन्न वहानामा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जना भारतीय नागरिकको नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।