सरकारको नीति तथा कार्यक्रम २५ गते

-- / प्रकाशित मिति : आइतवार, बैशाख १९, २०७३

राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम वैशाख २५ गते संसदमा सम्वोधन गर्ने भएकी छिन ।

सभामुख ओनसरी घर्ती मगरले आइतबार प्रमुख दलका प्रमुख सचेतकसँग गरेको बैठकले वार्षिक नीति तथा कार्यक्रम बाचन गर्ने मिति टुंगो लगाएको हो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि संशोधन म्याद २६ गतेलाई तोकिएको जानकारी दिए ।

नीति तथा कार्यक्रमपछि जेठ १५ गते सरकारले वार्षिक बजेट प्रस्तुत गर्नेछ । संसद सचिवालयले नीति तथा कार्यक्रम प्रस्तूतीदेखि असार मसान्तभित्र बजेट पारित गर्न बनाएको कार्यतालिकामा सामान्य संशोधन गरि बैठकले टुंगो लगाएको एमाले प्रमुख सचेतक ढकालले जानकारी दिए ।

मंगलवारबाट शुरु हुन लागेको संसदको बजेट अधिवेशनको पहिलो दिनको दोस्रो बैठकमा अर्थमन्त्री विष्णु पौडेले प्रि बजेट छलफल गर्न प्रस्ताव गर्नेछन । वैशाख २२, २३ र २४ गते तीन दिन प्रिबजेट छलफल हुनेछ ।