लेबर नेताको फन्ड राइज डिनरमा ‘नेप्लिज फ्रेण्डस अफ लेवर’ गठन, भोलि पल्टै संयोजकबाट फरक धारणा 

-- The NTA / प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७३
labor
अस्ट्रेलिया राजनीतिमा हाल बिपक्षीमा रहेको लेबर पार्टी प्रति समर्थन गर्ने नेपाली हरुले सिड्नीको ग्रयानभिलमा सांसद  मिसेल रोलेण्डलाई सहयोग गर्ने उदेश्यले एक फन्ड राइज डिनर सम्पन्न गरेका छन् ।  गत अप्रिल ३० मा सम्पन्न उक्त फन्ड राइज डिनरमा सांसद  मिसेल रोलेण्डको अतिरिक्त सिनेटर साम दास्तारी, लेवर पार्टी न्यु साउथ वेल्स जनरल सेक्रेटरी किला मुर्नाइ लगाएतका लेबर नेताहरुको उपस्थिति थियो ।  अस्ट्रेलियन नेतालाई आर्थिक सहयोग गर्ने हेतु नेपाली समुदायमा सम्पन्न यो सम्भबत पहिलो कार्यक्रम हो । स्थानीय राजनीतिज्ञलाई सहयोग गर्न आह्वान गरिएको उक्त कार्यक्रममा लबर पार्टीको नेपाली शाखाको रुपमा ‘ नेप्लिज फ्रेण्डस अफ लेवर’ गठन गरिसकेको जानकारी दिदै समितिमा रहेकाहरुको नाम पढेर पनि सुनाइएको थियो । जस अनुसार संयोजक पदमा दुइजान गोवा कटुवाल र गणेश केसी र सदस्यहरुमा डा. महेश भण्डारी भिक्टोरिया, गोभिन सापकोटा दक्षिण अस्ट्रेलिया र किरण खनाल क्वीन्सल्याण्डबाट र न्यु साउथ अस्ट्रेलियाबाट समिम अनवर, प्रेम सापकोटा, भुमा लिम्बु, भरत नेपाल, ऋषि आचार्य, कृष्ण निरौला, निर्मल केसी, धर्मराज अधिकारी, उद्धव भाट्ट,  कृष्ण गिरी,  भरत पन्त, नन्द गुरुङ, राज खनाल, राम घिमिरे, सनोन रञ्जित, भीमराज सुब्बा र सुदिप कार्की रहनु भएको छ । त्यसै गरि नब गठित कमिटीका सल्लाहकारमा इद्रा वन र डा. नारायण प्रधान रहेका छन्।
labour 1
यसै बीच बिभिन्न संचार मध्यममा नेपाली समुदायले अस्ट्रलियाको राजनीतिको मेन स्ट्रिममा पाइला चलेको एतिहासिक दिन भएको भनि नब गठित समितिका दुइ संयोजकहरु गोवा कटुवाल र गणेश केसीलाई कोट गरि समाचारहरु आइसकेका छन् । तर बनेको समिति विरोधाभास पूर्ण रहेको र फरक उदेश्यको भेला बोलाई कमिटि गठन भएको सूचना दिएको, सक्रिय र पुराना लेबर सदस्यहरुलाई जानकारी नगराई कमिटि गठन गरेको लगाएत कुराहरु सामाजिक संजालमा आए पश्चात पार्टीको तर्फ केनरिक चेहले सामाजिक संजाल मार्फत नै एनएसडब्लु लेबर पार्टी कम्युनिटी रिलेसन डाइरेक्टरलाई यो भेला बारे कुनै जानकारी नभएको बताएका छन् ।
labour 2
त्यसै गरि हिजो गठन भएको कमिटिका संयोजक मध्येका एक गोब कटुवालले ‘नेप्लिज फ्रेण्डस अफ लेवर’ गठन पूर्ण कमिटी गठन नभई सकेको हिजोको कमिटी त कोन्भेनर टिम मात्र भएको, जसको जिम्मेवारी सदस्यहरुको राय लिने र यसलाई पूर्णता दिने र सक्षम टिम बनाउने भएको आसयको टिप्पणी ब्यक्त गरेका छन् । त्यसै गरि लेबर पार्टीको सब कन्टिनेन्टल फ्रेन्ड्स अफ लेबरका नेता इजाज खानले हिजो गठन भएको भनिएको कमिटिलाई  एनएसडब्लु लेबर पार्टीले मान्यता नदिने र सब कन्टिनेका सबै साथीहरुलाई सब कन्टिनेन्टल फ्रेन्ड्स अफ लेबर मार्फत अगाडी बढ्न, आफ्नो समुदायमा बिभाजन आउन नदिन अनुरोध गरेका छन् ।
यस अगाडी नै अस्ट्रेलियाको अर्को ठुलो र हालको सत्तारुढ लिबरल पार्टीले आफना नेपाली मुलका सदस्यहरु बिच श्री नापितको अध्यक्षतामा  ‘लिबरल फ्रेन्ड्स अफ नेपाल’ गठन गरि क्रियाशिल छ ।