‘गाजलु’ को सिड्नीमा प्रिमियर हुदै 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, जेष्ठ ११, २०७३

13265891_1254122861282601_5417961164406325697_nसिड्नी, अस्ट्रेलिया | नेपालको एतिहासिक र धार्मिक महत्व राख्ने जीवित देबी अथवा कुमारीको कथामा रहेर फरक धारले बनेको चलचित्र ‘गाजलु’ को सिड्नीमा प्रिमियर हुदैछ । हालका अति व्यस्त र युवा पुस्तामा चर्चित नायक अनमोल केसी र पुर्ब मिस नेपाल सृष्टि श्रेष्ठको सशक्त अभिनय रहेको यस चलचित्रलाई हेमराज बिसिले निर्देशन गरेका हुन् ।  यस अगाडी नायक अनमोललाई होस्टेल र जेरीमा सफलता दिलाउन सफल बिसिको यस चलचित्र समेत निक्कै सशक्त रहेको बताईएको छ ।  यसको अलवा ‘गाजलु’ मा चर्चित र प्रतिभाशिल अनुहार हरु सालोन बस्नेत, गौरभ पहाडी र मेनुका प्रधानको अभिनय रहेको छ ।

यस चलचित्रलाई अस्ट्रेलिया नेपाली टच अस्ट्रेलियाले भित्र्याएको हो भने सिड्नी पर्दर्शनको प्रयोजन इपी-माइग्रेसनले गरेको हो । सिड्नीको बरउड इभेन्ट सिनेमामा जुन ११ र १२ साँझ ६ बजे २ शो संचालन हुने उक्त चलचित्रको टिकटको लागि Ticketplus बाट खरिद गर्न सकिनेछ।  थप जानकारीको लागि 0431553629 र  0451933051 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।