काँग्रेसको माग पुरा गर्दै सरकार

-- / प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७३

Parliament

काठमाडौं— संसदमा बजेट पेश गर्नुअघि सूचना चुहिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकार छानविन समिति गठन गर्न तयार भएको छ । सत्तारुढ दलको मंगलबार बिहान बसेको बैठकले कांग्रेसका माग अनुसार छानविन समिति गठन गर्न र अर्थमन्त्री बिष्णप्रसाद पौडेलले प्रष्टिकरण दिन तयार हुने निर्णय गरेको हो । यो निर्णयसँगै विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोम्मका लागि स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस संयोजक बबिन शर्माले बताएका छन् । १५ जेठमा अर्थमन्त्री पौडेलले बजेट पेश गरेपछि कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ ।