हल्का हल्का भन्दै आइन् श्रीषा

-- / प्रकाशित मिति : बिहिबार, साउन ६, २०७३

Halka Halka

काठमाडौं— यसै वर्ष एसएलसी उत्तिर्ण गरेकी १६ वर्षीया श्रीषा कुँवर गायिकाको रुपमा उदाएकी छिन् । गायक तथा संगीतकार तुला पर्वतकी यी छोरीले स्थापित संगीतकार शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्दमा गाएको ‘हल्का हल्का…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलोडियस संगीतमा आधारित यो आधुनिक गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्र निर्देशक प्रसन्न पौडेलद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायिका कुँवरले अभिनेता पल शाहसंग अनस्क्रिन रोमान्स गरेकी छिन् । ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियोका छायांकार विदुर पाण्डे हुन् । टेकेन्द्र शाह भिडियोका सम्पादक हुन् ।

Halka Halka_1

गायिका श्रीषा कुँवरको प्रसंसा गर्दै भिडियोका निर्देशक प्रसन्न पौडेलले उनलाई पृथक शैलीको स्वर भएकी प्रतिभाशाली सुन्दर गायिका भनेका छन् । कक्षा तीनमा अध्ययतर छँदा देखि गायक बुवा तुला पर्वतसंग संगीतको प्रशिक्षण लिएकी श्रीषाले सानै उमेरमा गायक राजु परियारसंग ‘जीवन अधुरो…’ शीर्षकको लोक गीत गाएकी थिइन् । ‘आज त म हुँ कोपिला… शीर्षकको बाल गीतमा पनि श्रीशाकै स्वर सुन्न सकिन्छ । सानैदेखि गायिका बन्ने लक्ष्य लिएकी श्रीषाले संगीतकर्मी शारदा क्षेत्रीसंग करिव चार वर्षसम्म संगीत तथा गायनको प्रशिक्षण लिइसकेकी छिन् । भरखरै कक्षा ११ को अध्ययन प्रारम्भ गरेकी श्रीषा यतिबेला संगीतकर्मी चन्दन श्रेष्ठसंग संगीतको थप प्रशिक्षण लिने क्रममा छिन् ।

Halka Halka_2

सुन्दर मुहारकी धनी श्रीषाले आफ्ना गायक बुवा तुला पर्वतका केही गीतमा समेत मोडलिङ गरिसकेकी छिन् । ‘हल्का हल्का…’ मा गरिएको अभिनयबाट प्रसंशा पाएकी श्रीषा आगामी दिनमा समेत आफ्ना गीतमा आफैं मोडलिङ गर्ने बताउँछिन् । गायिका आस्था बीकी फ्यान श्रीषा गायिकाहरु ईन्दिर जोशी तथा आस्था राउतको गायनबाट पनि प्रभावित छिन् ।

यस्तो छ भिडियो :