राष्ट्रपतिद्वारा सरकार गठनको आह्वान

-- / प्रकाशित मिति : मङ्लबार, साउन ११, २०७३

PResident

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ — ‘संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका—संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।’