सिड्निबाट प्रदिपको मन पर्छ गित सार्बजनिक

-- The NTA / प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
13445554_1168047693259207_5601495154304389380_n
अष्ट्रेलियाको सिड्नि नेपालि चलचित्र अनि गित संगितको लागि ठुलो बजारको रुपमा स्थापित हुंदै गएको छ । पछिल्लो समय सिड्निबाट बिभिन्न सर्जकहरुले नेपालि संगित उघोगलाइ राम्रा र गुणस्तरिय कोशेलि दिंदै आइरहेका छन । यसै क्रममा गजलकार तथा गायक प्रदिप चापागांइले आफ्नो गित मन पर्छको भिडियो बजारमा ल्याएका छन ।
चापागाईँकै शब्द तथा स्वर रहेको यस गीतमा सञ्जीव सिंहको संगीत रहेको छ भने महाराज थापाको संगीत संयोजन रहेको छ । गितको म्युजिक भिडियोमा योगी पुडासैनी र पुनम थपलियाको अभिनय छ ।
भिडियोको छायांकन,सम्पादन तथा निर्देशन अल्टर्नेटिभ आर्ट्सका आशिक रेग्मीले गरेका हुन् । यो गीत ‘मन पर्छ’ उनको नयाँ एल्बम ‘क्वाटर टोन’बाट सार्वजनिक गरिएको पहिलो गीत रहेको प्रदिप चापागांइले बताए ।