तीज धमाकामा उर्लियो जनसागर

-- NTA REP. / प्रकाशित मिति : आइतवार, साउन १६, २०७३

IMG_7039आजभोलि हरेक सप्तान्त सिड्निमा धेरै कार्यक्रमहरु आयोजना भैरहन्छन । केहि परोपकारि त केहि ब्याबसाहिक तथा मनोरन्जनात्मक उद्देश्य लियर । बिभिन्न चाडपर्वको अवसर पारेर गरिने कार्यक्रम मध्य एक हो मोर्टगेज अम्पाएर तिज धमाका २०१६ । जुलाई ३० तारिख शनिबारका दिन हर्सभिलको मरना अडिटरियममा सांझ ६ बजेदेखि उक्त कार्यक्रम चलेको थियो । ७०० भन्दा बढि टिकट प्रिसेल भएको उक्त कार्यक्रममा बालबालिका अभिभाबक सबै गरेर करिब ९०० जनाको सहभागिता रहेको थियो ।

राष्ट्रिय गानबाट कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । IMG_7038स्थानिय एन्जिला बिक, कुन्ति लिम्बु र कबिता आचार्यको नृत्यमा कम्मर मर्काएका दर्शक नरेश रेग्मिको गितमा झुमे । राष्ट्रिय कलाकार पशुपति शर्माले आफ्ना धमाकेदार तिज गितहरु बत्ति बाल्नै पर्दैन,कोटि कोटि हो लगायत झमझम दर्कियो पानि ,मलाइ अमेरिका यहि गित गाउंदा उपस्थित सबैजना कम्मर हल्लाउंदै नाचे । यसैगरि कार्यक्रम सन्चालिका तथा गायिका मन्जु पौडेलले मेरा बुडा कुल, माइतिको देश, खै त बाबा बुझेको कुरा बरिलै भन्दै दर्शकदिर्घाको बिचमै गएर नाचिन । पशुपति शर्मा र मन्जु पौडेलको दोहोरिमा दर्शकले पनि गाएर साथ दिए ।
कार्यक्रममा उपस्थित धेरैले अहिलेसम्म लोक दोहोरिको कार्यक्रममा यतिधेरै मान्छे र रमाइलो नदेखेको बताए । कार्यक्रमको संचालन मन्जु पौडेल र श्रेया राइले गरेका थिए । कार्यक्रमलाइ अत्याधिक सफल बनाउन सहयोग गर्न प्रायोजक,संघसंस्था,मिडिया र स्वयंसेबि सबैलाइ बिएमएस फिल्मसका बिरेन्द्र मल्लले धन्यबाद दिए ।IMG_7013