जनगणना २०१६ मा हामी सबै सहभागी बनौ 

-- The NTA / प्रकाशित मिति : सोमवार, साउन २४, २०७३
13958207_10206687611419923_447599278975065224_oप्रत्येक पाँच बर्षमा अष्ट्रेलियामा हुने जनगणना यस पटक अगस्ट ९ तारिकको राति आयोजना हुदैछ । उक्त जनगणनामा सहभागी हुन अष्ट्रेलियन सरकारले अगस्ट ९ तारिकको राति अष्ट्रेलियन भूमिमा रहेका सबैलाई अनुरोध गरेको छ । अष्ट्रेलियाई तथ्यांक बिभाग (एबीएस) द्वारा दुई सय भन्दा बढी देशहरुबाट आएका तीन सय भन्दा बढी भाषा बोल्ने दुई करोड चालीस लाख मानिसहरु उक्त जनगणनामा सहभागी हुने बताइएको छ। यस पटक पहिलो चोटी अनलाइन ( इन्टरनेट) मार्फत जनगणना फारम भर्न लगिएको हो । यसको लागि चाहिने Census Login केहि दिन आगाडि नै सबैलाई घर-घरमा पठाई सकिएको छ ।  उक्त  Login १२ नम्बरको हुन्छ, यदि कुनै कारण बस उक्त census login को चिठी हराएको भए census.abs.gov.au  वा 1300 214 531 मा जुन सुकै बेला पनि सम्पर्क गर्न सकिन्छ ।
जुन सुकै भिषा स्टाटस, लामो वा छोटो बसाई जे भए पनि जनगणनामा कोही नेपाली नछुटौ किनकी हामीले रोजेको (उदाहरणकाे लागि) Country of Born: NepalLanguage: Nepali | Your Ancestry: Nepalese ले अष्ट्रेलियन सरकारलाई भविष्यमा हाम्रो संख्या यकिन गर्न मद्दत पुग्दछ । स्मरणिय रहोस यसरि अनलाइन फर्म भर्दा प्रयोग भएको कुनै पनि हाम्रो तथ्यांक वा जानकारी जनगणना बाहेक अन्य कुरालाई प्रयोग नगर्ने अष्ट्रेलियन सरकारले ग्यारेन्टी गरेको छ । त्यसैले पनि हाम्रो भाषा, उपस्थिति र पहिचानको स्पष्ट तथ्यांक राख्न यो सहयोग सिद्द हुने कारण आफु नजिकका सबैलाई यो संदेश दिन ढिलो नगरौ र यो अभियानमा सहभागी बनौ ।