१२ करोडकी प्रियंका

-- NTA REP. / प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३

Priyanka Chopraअभिनेत्री प्रियंका चोपडाले हिन्दी फिल्म ‘जय गंगाजल’ पछि कुनै पनि नयाँ फिल्ममा अभिनय गर्नका लागि सम्झौता गरेकी छैनन् । पछिल्लो समय उनी अंग्रेजी सिरियल ‘क्वान्टिको–२’ को छायांकनका लागि अमेरिकामा छिन् । केही दिनअघि मात्रै प्रियंका भारत आएकी थिइन् । यो क्रममा समेत प्रियंकाले कुनै पनि फिल्मका लागि सम्झौता गरेकी छैनन् । भनिन्छ, अहिले प्रियंकाले आफ्नो पारिश्रमिक बढाएकी छिन् । अब उनी एउटा फिल्ममा अभिनय गरेको पारिश्रमिक १२ करोड भारतीय रुपैयाँ भन्दाकरोड माथि लिन चाहन्छिन् । हलिउडका फिल्ममा काम गरेपछि प्रियंकाले दुइ दर्जन बढी विज्ञापनमा अभिनय गरिन् । उनले पछिल्लो पटक एउटा सफ्ट ड्रिङ्कको विज्ञापनमा काम गरे वापत मात्रै ६ करोड भारु पारिश्रमिक लिएकी छिन् । हिन्दी फिल्म ‘जय गंगालज’ मा चार करोड पारिश्रमिक लिएकी प्रियंकाले  ‘बाजीराओ मस्तानी’मा पाँच करोड भारु पारिश्रमिक लिएकी थिइन् ।