सर्च इन्जिमा को अगाडि ?

-- NTA REP. / प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३

Google Search_Artistसर्च इन्जिन गुगलमा पछिल्लो एक दशकमा भारतीय कलाकार मध्ये सबै भन्दा धेरै खोजी सलमान खान तथा सन्नी लियोनीको गरिएको छ । हालै गूगलले सार्वजनिक गरेको एउटा सूची अनुसार सलमान खान सर्वाधिक खोजी हुने पात्रका रुपमा छन् । त्यसपछि क्रमशस्  साहरुख खान, अक्षय कुमार तथा अमिताभ बच्चनको नाम आएको छ । उत्कृष्ट १० अभिनेताको सूचीमा ऋतिक रोशन, शाहिद कपुर, रणबीर कपुर, आमिर खान र इमरान हाशमीको नाम छ । पछिल्लो दशकमा सर्वाधिक खोजिने नायिकाको रुपमा सन्नी लियोनी पहिलो स्थानमा छिन् । त्यसपछि कट्रिना कैफ, करिना कपुर, काजल अग्रवाल, दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, प्रियंका चोपडा, तमन्ना भाटिया, आलिया भट्ट तथा सोनाक्षी सिन्हा रहेका छन् ।