भारतबाट फर्किए निधि

-- / प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३

Nidhi

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आफ्नो भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् । भारत भ्रमणबाट फर्किएका निधिले आफ्नो भ्रमण सफल रहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमण गरी फर्कने क्रममा मन्त्री निधिले विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै भारत भ्रमण उपलब्धिमूलक भएको दावी गरेका हुन् ।
भारत भ्रमणमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका भारतीय उच्च नेताहरुसंग भेटघाट गरेका थिए ।
भ्रमणका क्रममा निधिले भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । उनको भ्रमणका क्रममा प्रधानन्त्री दाहालको भारत भ्रमणको समय पनि तय भएको छ ।