इटालीमा शक्तिशाली भूकम्प

-- / प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३

Italy EQ

रोम- इटालीको राजधानी रोम नजिक रहेको शहर पेरुगिएको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ ।

स्थानीय समय बिहान ३ बजेर ३६ मिनेट जाँदा भूकम्प भुकम्प गएको हो ।

भूकम्पकको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

रोममा २० सेकेण्डसम्म भवन हल्लिएका थिए । भुकम्पबाट मानवीय र भौतिक क्षति थप बिवरण अहिले सम्म आएको छैन ।