बल्ल लगायो कांग्रेसले मन्त्रीको टुंगो

-- / प्रकाशित मिति : बिहिबार, भदौ ९, २०७३

Deuba and Paudel

काठमाडौं— नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीमध्ये ५ जना पौडेल पक्षबाट पठाइने भएपछि दुईपक्षबीचको विवाद टुंगिएको छ ।

वर्तमान सरकारमा कांग्रेसको भागमा परेका १३ मन्त्रीमध्ये ५ जना नेता रामचन्द्र पौडेल पक्षबाट र बाँकी ८ जना सभापति देउवा पक्षबाट सहभागी हुने बिहिबार विहान देउवा निवासमा बसेको बैठकले सहमति गरेपछि विवाद टुंगिएको हो ।

मन्त्री संख्या बाँडफाँडमा दुवै समूहबीचको विवाद समाधान भए पनि को(को मन्त्री बन्ने भन्ने बारे भने अझै टुंगो लागिसकेको छैन ।

पार्टी सभापति देउवा भोलि शुक्रवार स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले बिहिबार साँझसम्म मन्त्रीको नाम दुवैपक्षले टुंगो लगाउने तयारीमा छन् ।

कांग्रेसले मन्त्रीको नामावली दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संभवतः भोलि शुक्रवार नै मन्त्रिमण्डल विस्तार गर्नेछन् ।