विस्तार भयो मन्त्रिमण्डल

-- / प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७३

minister

काठमाडौं— नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले शपथग्रहण गरे लगत्तै पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्तार भएको छ । शुक्रवार विहान शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुमा अर्जुननरसिंह केसी (शहरी विकास), प्रकाशशरण महत (परराष्ट्र), बालकृष्ण खाँड (रक्षा), जीवनबहादुर शाही (पर्यटन), केशवकुमार बुढाथोकी (सामान्य प्रशासन), सूर्यमान गुरुङ (श्रम) छन् ।

त्यस्तै सीतादेवी यादव (शान्ति तथा पुनर्निर्माण), दीपक गिरी (सिँचाइ), रोमी गौचन थकाली (वाणिज्य), नवीन्द्रराज जोशी (उद्योग), हृदयराम थानी (गरिबी निवारण तथा सहकारी) मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।

यसैगरी कांग्रेसका युवा नेता गगन थापा (स्वास्थ्य) र शंकर भण्डारी (वन) ले पनि शपथग्रहण गरेका छन् । कांग्रेसका तर्फबाट यसअघि विमलेन्द्र निधि (उपप्रधान तथा गृह) र रमेश लेखक (यातायात) मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् ।