विश्वकै महंगी दीपिका

-- NTA REP. / प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३

deepika-padukone_1बलिउड नायिका दीपिका पादुकोण विश्वकै महंगी नायिकाको सूचीमा परेकी छिन् । दीपिकाले महंगी हिरोईनको सुचीमा १० औं नम्बरमा आफुलाई उभ्याउन सफल भएकी हुन् । पछिल्लो समय बलिउडदेखि हलिउडसम्मका फिल्ममा पनि व्यस्त दीपिकाको वार्षिका आम्दानी १० करोड डलर पुगेको फोब्र्स म्यगेजिनले जनाएको छ । यो रकम नेपालीमा कन्भर्ट गर्दा ४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढि हुन्छ । ‘दीपिकाले हलिउडमा धेरै चर्चित हिरोईनलाई पनि पछि पारेकी छिन्’, फोब्र्सले लेखेको छ । यो सूचीमा हलिउड अभिनेत्री जेनिफर लरेन्स ४५ करोड डलरसहित साथ पहिलो नम्बरमा छिन् भने हलिउड पुगिसकेकी बलिउड नायिका प्रियंका चोपडा भने टप टेनको सुचीमा अटाएकी छैनन् ।