सिड्नीबाट संबिधान सच्याउन माग 

-- The NTA / प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३
fb_img_1474519664642

नेपालको संबिधान घोषणा भएको ठिक एक बर्ष पुगेको उपलक्ष्यमा देश/विदेशमा कतै संबिधानको स्वागत त कतै बिरोधका कार्यक्रमहरु भए । यसै अन्तर्गत संबिधान भित्रका कयौ विभेदहरु, अल्प-संख्यक एबं  पिछडिएका बर्ग, जनजाति, दलित लगयतका लागि यो संबिधान अभिभाबक र भरोषाको केन्द्र बन्नु पर्नेमा नितात्न्त एकतर्फी रहेको, संबिधान निर्माणका क्रममा भएका बिभिन्न आन्दोलनहरु र सम्झौताको मर्म बिपरित आएको भन्दै सिड्नीमा एक बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
संघिय गठबन्धनको आयोजना भएको उक्त कार्यक्रमका एक अभियन्ता गणेश तमांगका अनुसार बास्तबमा कार्यक्रमको उदेश्य संबिधानको बिरोध गर्नु भन्दा पनि संबिधानमा भएका त्रुटीहरु सुधारेर सबैको अपनत्व हुने खालको संबिधान नेपाल र नेपालीले पाउन भन्ने दबाब मुलक कार्यक्रम हो । देशको शान्ति स्थायित्व र बिकाशका लागि आहिले देश विभेद पूर्ण नीतिको सेरोफेरो र गन्जागोल मै अल्झेकोले छिटो भन्दा छिटो संबिधान सच्याएर देश अर्को चरण प्रवेश गरोस् भन्ने माग सहित सो बिरोध कार्यक्रम आयोजना गरिएको तामांगले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए।
fb_img_1474519677644
एनएसडब्लु नेपाली माहाबाणिज्य दुत नजिकै रहेको नर्थ सिड्नी ट्रेन स्टेसन नजिकै जम्मा भएका सहभागीहरुले बिभिन्न प्ले-कार्ड सहित बाणिज्य दुतको कार्यलय पुगी सानो जानकारी मुलक कार्यक्रम सहित आ-आफ्ना विचारहरु राखी कार्यक्रम समापन गरेका थिए । माहाबाणिज्य दुत मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र दिने कार्यक्रम रहेको भएता पनि माहाबाणिज्य दुत दिपक खड्का कार्यलयमा सो समयमा अनुपस्थित रहेका कारण कार्यालयका कर्मचारीलाई ज्ञापन पत्र बुझाएको एक सहभागीले बताए ।