अनुपमा भइन् मिसेस नेपाल इन्टरनेशनल

-- / प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३

winners

काठमाडौं- मिसेस नेपाल इन्टरनेशल २०१६ को उपाधी अनुपमा रार्ईले जितेकी छिन् । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको मिसेस नेपाल इन्टरनेशल २०१६ दोस्रो संस्करणको प्रतियोगिताको उपाधी अनुपमा राईले जितेकी हुन् । भद्रकालिस्थित आर्मी अफिसर्स क्लबमा अयोजित प्रतियोगितामा राईले ३९ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेस्ट पर्शनालिटीको उपाधी समेत आफनो पोल्टामा पारेकी छिन् ।
राईलाई अभिनेत्री मल्लले गत वर्षकी मिसेस नेपाल इन्टरनेशनल सबिता लामिछानेको ताज पहिराईदिएकी थिइन् । विवाहित महिलाहरुबिचको प्रतियोगितामा बिन्दा खतीवडा फष्ट रनर्स अप तथा सोसियल वेलफियर एम्बेसडर, ज्योति थापा फेसन आइकनका साथ सकेण्ड रनर्सअप, समुन्द्र लामा थर्ड रनर्स अपका
साथ म्यानेजमेन्ट च्वाइस र चुना केसी आइकननिक आइज र भ्युवर्स च्वाइसका साथ फोर्थ रनर्स अप विजेता भएका छन् ।
गीत संगीत र नृत्यजस्ता विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा सुसान्ता लामाले मस्ट पपुलर र बेस्ट स्माइलको उपाधी हात पारिन् भने फेसबुक च्वाइस सुलोचना रोका मगर, मस्ट फोटोेजेनिक जानुका बस्नेत, सोसियली रेस्पोन्सिबल नमिता पौडेल, व्युटि विथ पर्पस र मस्ट डिर्जभिंग बुनु तिमलसिना, वेस्ट हेयर रोजिना कुंवर, बेस्ट स्कीन र बेस्ट सिगंर प्रतिमा भण्डारी, बेस्ट डिसिप्लीन दिपिका श्रेष्ठ, मस्ट व्युटिफुल प्रिती कार्की गुरुङ्ग, मस्ट इन्टेलेक्चुवल मन्जीला शर्मा, मिसेस भिभासियस अनामिक झा, व्युटि फर हेल्थ समि मिश्र पुडासैनी, वेस्ट स्पिच सुभेक्षा पोखरेल फ्रिडम उप उपाधीका विजेता भए । अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनका साथै उद्घोषणमा करिब चार घण्टा चलेको प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेत्री गौरी मल्लका साथ अभिनेता सरोज खनाल, नेपालकै पहिलो सौन्दर्य प्रतियोगिता मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपती, सिभिल बैक लि.को प्रमुख कार्यकारी
निर्देशक किशोर महर्जन र रक्षा नेपालका अध्यक्ष मेनुका थापा रहेका थि । त्यसै गरि प्रतियोगिताको अन्य उपाधीहरुमा वेस्ट फिजिक रुकमनी अचार्य, मिसेस टेलेन्ट प्रतिभा अधिकारी, मिसेस क्याटवाल्क अनिसा जोशी, बेस्ट हेयर रोजीना कुंवर , मस्ट पंचुवल अन्जु गुरुङ्ग, बेस्ट आर्टवर्क कल्याणी महर्जन, मस्ट फिटनेस स्वीकृती रसाइली, मस्ट फ्रेण्डली प्रकृति श्रेष्ठ, मिस कन्जिनियालिटी रेणु घिमिरे, मस्ट चार्मिङ कन्चन उपाध्याय, मस्ट एक्टिभ मोनी अग्रवाल, मस्ट पोजेटिभ एटिच्युड संग्या श्रेष्ठ, बेस्ट डान्स रचना अधिकारी, बेस्ट परफरमर सिता कोईराला, मस्ट डाइनामिक प्रनिसा थापा मस्ट स्टाइलिस चेसाङ्ग लामा, मिसेस बब्ली फेस रजनी थापा पाठक, व्युटी विथ रेस्पोन्सिबिलिटी पुष्पा सिंह, मस्ट क्रिएटिभ सम्झना धामी, म्यानेजमेन्ट च्वाईस रिना गुरुङ्ग र सगुन पराजुलीले आफनो स्थान सुरक्षित गरे ।