ज्यान गुमाएकाले पाए क्षतिपूर्ति

-- / प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३

uae

काठमाडौं— युएईमा ज्यान गुमाएका २२ जना नेपालीका परिवारले क्षतिपूर्ति पाएको समाचार सार्वजनिक भएको छ । पछिल्लो तीन वर्षको अवधीमा ज्यान गुमाएका एक सय ८४ जना मध्ये २२ जनाको परिवारले क्षतिपूर्ति वापत ९ करोड ३८ लाख रुपैया“ -३२ लाख १४ हजार दिहराम) पाएको बताइन्छ । युएईका लागि नेपाली दुतावास आबुधाबीको पहलमा मृतकका परिवारले यो क्षतिपूर्ति पाएका हुन् ।
युएईमा ज्यान गुमाएका मध्ये वर्ष २०७१ मा दुईजना नेपालीले क्षतिपूर्ति बापत रकम पाएका थिए । त्यसरी क्षतिपूर्ति पाउनेमा लमजुङका बजेन्द्रप्रसाद गुरुङ र चितवनका सोमराज महतोको परिवार छन् । गुरुङले ५१ लाख ६० हजार रुपैया“ तथा महतोले ५८ लाख ४२ हजार रुपैया“ पाएका हुन् ।
२०७२ मा १३ जना नेपालीले क्षतिपूर्ति बापत रकम पाएका थिए । ती मध्ये सबै भन्दा धेरै रकम गोरखाका विमल न्यौपानेको परिवारले पाएको हो । उनको परिवारले ब्लडमनी तथा स्थानीय रुपमा कम्पनीले गरिदिएको बिमा बापत ८७ लाख ६३ हजार रुपैया“ पाएका हुन् ।
ज्यान गुमाएका रूपन्देहीका अकबर अली खान, गुल्मीका नीलबहादुर कामी, तनहु“का यमबहादुर आलेको परिवारले रकम पाएका छन् । खानले २९ लाख २१ हजार रुपैया“, कामीले ४३ लाख ८१ हजार रुपैया“ र आलेले परिवारले २१ लाख ९० हजार रुपैया“ पाएका हुन् । पाउनु भएको हो । आलेले पाएको रमक भने बीमा बापत मात्रै पाएको रकम हो । सोलुखुम्बुका सोनाम माझीको परिवारले पनि बीमा मात्रैको १४ लाख ६० हजार रुपैया“ रकम पाएका हुन् ।
ब्लडमनी मार्फत बाग्लुङका डम्बरबहादुर कार्की, धनुषाका रामकुमार साह हलुवाई, चितवनका ज्ञानु गौतम, ललितपुरका सन्तोष खड्का, दोलखाका कृष्ण केसी, पा“चथरका इन्द्रबहादुर थाम्सुहाङको परिवारले रकम पाएको हो ।
२०७३ को भदौ महिनासम्ममा ७ जनाको परिवारले क्षतिपूर्ति पाएको दूतावासले जनाएको छ ।
क्षतिपूर्ति बापत प्राप्त रकम नेपाल पठाइसकिएको र परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मृतकका परिवारलाई त्यो रकम उपलब्ध गराउने बताइन्छ ।