दसैंका लागि सहायता कक्ष सञ्चालन

-- / प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३

help-desk

काठमाडौं— महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष शुक्रबारदेखि सञ्चालन गरिएको छ । दसैंमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा अथवा चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले कक्ष सञ्चालनमा ल्याइएको हो ।
बल्खुमा आयोजित आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मिङ्मार लामाले ट्राफिकको समस्या न्यूनीकरण गर्न सबैको सहयोगको खा“चो औंल्याउनु भयो । उहा“ले यो कक्ष सञ्चालन भएपछि यातायात क्षेत्रका बिचौलियाको अन्त्य हुने र सेवाप्रदायक तथा उपभोक्ता दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले काठमाडौं उपत्यकाका विभिन्न १२ स्थानमा योे कक्ष सञ्चालन गर्ने योजना रहेको जानकारी दि“दै बल्खु, कलङ्की र नया“ बसपार्कबाट सेवा प्रारम्भ भएको बताउनुभयो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष विजयबहादुर स्वा“र, नेशनल अटोमोबाइल डिलर एसोसिएसन अफ नेपालका सचिव कृष्णप्रसाद दुलाल, व्यवसायी रत्नकुमार श्रेष्ठ, रामकृष्ण कुँवर र स्थानीय समाजसेवी मोहनकुमार बस्नेतले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक, व्यवसायीको सहकार्य र समन्वयको जरुरी रहेको बताउनुभयो ।