टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी

-- / प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३

kamini_rajbhandari

काठमाडौं-सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ ।

प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारीलाई मन्त्रिपरिषदको बैठकले प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनोट समितिले राजभण्डारीलाई सिफारिस गरेको थियो ।

अन्तिम प्रतिस्पर्धामा नेपाल टेलिकमकै प्रवन्धक सुनिल पोखरेल, नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक मदन खरेल र राजभण्डारीको थिए ।